• ४ चैत २०८२, बुधबार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

blog

क्रिकेटर सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौँ, चैत ४ गते । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज रेड लायन्साले लिगका लागि अनुबन्ध गरेको हो । सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि-साइन’ मार्फत अनुबन्ध गरेको उल्लेख गरेको छ ।

सन्दीपको अनुबन्ध रकम भने खुलाईएको छैन । इयू टी–२० लिग आगामी मे ३० देखि जुन ७ तारिखसम्म आयोजना हुनेछ । लिगमा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सकासहित ६ टोलीको सहभागीता रहनेछ ।