शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ४ गते । सङ्कटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
ललितपुरको च्यासल मैदानमा बुधबारदेखि सुरु भएको लिगको पहिलो खेलमा सङ्कटाले न्युरोड टिम (एनआरटी)लाई ४–० गोलले हरायो ।
एकपक्षीय खेलमा सङ्कटालाई जित दिलाउन विन थेइङ्गी टुन, लुसी होजे मोकाम्बी, सुक्रिया मिया र क्विनाबेल अमानक्रहले गोल गर्नुभयो । सङ्कटाले दुवै हाफमा दुई दुई गोल गरेको थियो ।
लिगमा नौ टोलीको सहभागिता रहेको छ । जसमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट तथा बिच फुटबल, सङ्कटा फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब रहेको छ ।
यसअघि राप्ती एफसीसमेत १० टोली सहभागी हुने भनिए पनि एन्फाले अन्तिममा राप्तीलाई नखेलाएको हो ।