विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी र एपिएफ क्लबका आशिफ शेखले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शतकको कीर्तिमान बनाउनुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्डहलमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९५–७४ ले हराउँदै गोल्डेनगेट च्याम्पियन बनेको हो ।
दीपक विष्ट नेपाली खेलकुदले पाएको सर्वाधिक सफल खेलाडी हुनुहुन्छ । विष्टले तेक्वान्दो खेलबाट नेपालका लागि दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी लगातार चार स्वर्ण पदक र एसियाली खेलकुदमा दुई कास्य जित्नुभएको छ ।
जनकपुरमा शनिबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्यो । यस्तै वीरगन्जमा भएको अर्को खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले हरायो ।
आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ खेल्ने ४८ वटै टोलीको टुङ्गो लागेको छ ।
मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग अन्तिम खेल खेल्ने टोली घोषणा गर्नुभएको हो ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेको छ ।
नेपाल माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ ।
मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकाल्यो ।
मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ७१ रनले हरायो । जितका लागि दुई सय ७२ रनको लक्ष्य पछ्याएको बागमती ४५.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय रनमा समेटिएको थियो ।
आठौँ संस्करणको प्रधानमन्त्री (पिएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
पुलिसले फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि चुमेको हो ।
ललितपुरको च्यासल मैदानमा बुधबारदेखि सुरु भएको लिगको पहिलो खेलमा सङ्कटाले न्युरोड टिम (एनआरटी)लाई ४–० गोलले हरायो ।
हिमालयन जाभा नेसनल बास्केटबल लिग (एतजेएनबीएल) मा रोयलले प्लेबक्स एरेनामाथि रोमाञ्चक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा रोएलले प्लेबक्सलाई ७६–७३ ले हरायो ।