कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सन्दीप लामिछानेसहित पाँच खेलाडी वर्गीकरणको श्रेणी ‘ए’ मा पर्नुभएको छ ।
युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको छ ।
नेपाल युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भयो ।
केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा मच्छिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ ।
इटालीलाई सन् २००६ को फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन आइतबार नेपाल आइपुग्नुभएको छ ।
नेपालको एउटा मात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्न अयोग्य ठहरिएको छ ।
घरेलु मैदानमा ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता जित्ने लक्ष्य बनाएको नेपाल बुधबार दशरथ रङ्गशालामा बलियो प्रतिद्वन्द्वी म्यानमारसँग २–० गोलले पराजित भयो । १३औँ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको नेपाल पुन: उपविजेतामा सीमित बनेको छ ।
१३औँ पटक अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पुगेको नेपालले अहिलेसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । नेपालले यही वर्ष वाफ महिला च्याम्पियनसिप र महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेर हार खेपेको थियो ।
सर्वाधिक मुल्य पाउने खेलाडीमा मणिकुमार लामा, दिनेश हेम्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री हुनुहुन्छ ।
नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले हरायो ।
केपी ओली कप फुटबल प्रतियोगितामा नौ टोलीको सहभागिता रहने भएको छ ।
दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले हरायो । नेपालको कठिन जितमा विमला चौधरी निर्णायक बन्नुभयो ।