• २२ असोज २०८२, बुधबार

ओमानको विजयी सुरुवात, नेपाल आजै कुवेतसँग भिड्दै

blog

काठमाडौँ, असोज २२ गते । घरेलु टोली ओमानले आइसिसी टी–२० एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा विजयी सुरुवात गरेको छ ।

अल अमेरतस्थित ओमान क्रिकेट मैदानमा बुधबार भएको समूह ‘ए’ को पहिलो खेलमा ओमानले सामोआलाई पाँच विकेटल हरायो । जितका लागि ९३ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले १६.५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

ओमानका लागि मोहम्मद नदिमले अविजित २१ रन बनाउनुभयो । यस्तै हमाद मार्जाले १८, आषिश ओडेदराले १५ र आर्यन विष्टले १४ रन जोड्नुभयो ।

बलिङमा सामोआका सौमनी तियाईले दुई तथा ड्यननियल बर्गेस, सोलोमन नाश र कप्तान कालेब जस्मतले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सामोआले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ९२ रन बनाएको थियो । 

सामोआका लागि फेरेटी सुलुलोटोले २३ रन बनाउनुभयो । यस्तै रोस टेलरले २२ र सोलोमन नाशले ११ रन बनाउनुभयो । बलिङमा ओमानका फैसल शाह, मोहम्मद नदिम र कप्तान आमिर कलिमले दुई दुई तथा नदिम खान र हस्नैन शाहले एक एक विकेट लिनुभयो । 

नेपाल आजै कुवेतसँग भिड्दै 

छनोटमा समूह ‘बी’ अन्तर्गत आजै राति ८:४५ बजे नेपालले कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुवात गर्ने छ । नेपाल कुवेतविरुद्ध जित निकाल्दै विश्वकप छनोटको यात्रा सुखद् बनाउने लक्ष्यमा छ ।

नेपाल र कुवेतबिच यसअघि पधि धेरै भिडन्त भएका छन् । जसमा दुवै टोलीले मिश्रित नजिता निकालेका छन् । नेपालले समूहको दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ । 

एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलमा नौ टोलीबिच प्रतिस्पर्धा हुने छ । सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो ।

जसमा समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोली ‘सुपर सिक्स’मा प्रवेश गर्ने छन् । 

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना आइसिसी टी–२० विश्वकपमा स्थान बनाउने छन् ।