आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ ।
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो । आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल जयन्त पाठक नियुक्त हुनुभएको छ ।
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा सोमबार भएको खेलमा नेपाल बङ्गलादेशसँग सात विकेटले पराजित भयो । नेपाल आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।
शेर दोस्रो एनपिएलले पाएको महत्वपूर्ण खेलाडी हुनुहुन्छ । लुम्बिनीको उपाधि यात्रामा उहाँको बलिङ सानदार रह्यो । उहाँले खेलभर १७ विकेट लिएर सर्वाधिक विकेट किपरको सुचीमा विराटनगरका कप्तान सन्दीप लामिछाने सरह उभिनुभयो ।
टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका रोहितले सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ६३ लाख रुपियाँ बराबरको ओमोडा कार र सर्वाधिक रन कर्ताको पुस्कार स्वरुप पल्सर मोटरसाइकल पुरस्कार पाउनुभयो ।
लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुखद अन्त्य गरेको छ । लिग चरणको अन्तिम खेलमा आइतबार कर्णालीले साविक विजेता जनकपुर बोल्ट्सलाई तीन रनले हरायो ।
ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ ।
साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ ।
जेराल्ड इरसमस र जोन सिम्पसन चम्किएपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।
सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हरायो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोली समेत बनेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो ।