मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग अन्तिम खेल खेल्ने टोली घोषणा गर्नुभएको हो ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेको छ ।
नेपाल माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ ।
मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकाल्यो ।
मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ७१ रनले हरायो । जितका लागि दुई सय ७२ रनको लक्ष्य पछ्याएको बागमती ४५.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय रनमा समेटिएको थियो ।
आठौँ संस्करणको प्रधानमन्त्री (पिएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
पुलिसले फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि चुमेको हो ।
ललितपुरको च्यासल मैदानमा बुधबारदेखि सुरु भएको लिगको पहिलो खेलमा सङ्कटाले न्युरोड टिम (एनआरटी)लाई ४–० गोलले हरायो ।
हिमालयन जाभा नेसनल बास्केटबल लिग (एतजेएनबीएल) मा रोयलले प्लेबक्स एरेनामाथि रोमाञ्चक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा रोएलले प्लेबक्सलाई ७६–७३ ले हरायो ।
हिमालयन जाभा नेसनल बास्केटबल लिगा सोलो बास्केटबल र प्लेबक्स एरेनाले सफलता हात पारेका छन् ।
भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट दुई लाख ५६ हजार एक सय ५४ अमेरिकी डलर (करिब तीन करोड ७७ लाख ५७ हजार रुपियाँ) पुरस्कार पाएको छ ।
मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार राति भएको सेमिफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई सात रनले हरायो । उपाधिका लागि भारतले आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
कोलकातास्थित इडेन गार्डेन्स मैदानमा आइतबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई पाँच विकेटले हरायो । यस नजितासँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
दक्षिण अफ्रिका टी–२० विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राख्दै सेमिफाइनलमा पुगेको छ । सुपर आठअन्तर्गत आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बावेलाई पाँच विकेटले हरायो ।