नेपाल र वेस्ट इन्डिजबिचको टी–२० क्रिकेट सिरिज शनिबारदेखि सुरु हुनेछ ।
जेनजी आन्दोलन र त्यसपछिको असामान्य अवस्थाका कारण नेपालमा आयोजना भइरहेका र आयोजनाको चरणमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता धमाधम स्थगित गरिएको छ ।
श्रीलङ्काको कोलम्बोमा सोमबारदेखि सुरु हुने साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोली तयार रहेको प्रशिक्षक सञ्जित सिंहले बताउनुभएको छ ।
नेपाल एएफसी यु–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । ताजकिस्तानमा जारी छनोटको समूह ‘के’ मा लगातार दोस्रो हार खेपेसँगै नेपालको छनोट सम्भावना सकिएको हो ।
भदौ २१ र २४ गते हुने मैत्रीपूर्ण खेलमा लागि बङ्गलादेशको राष्ट्रिय टोली बुधबार राति काठमाडौँ आईसकेको छ । यस खेल विश्व फुटबल महासङ्घ (फिफा) विन्डो अन्तर्गत आयोजना हुन लागेको हो । फिफा विन्डो अन्तर्गत हुने मैत्रीपूर्ण खेल एएफसीले अयोग्य घोषणा गरेको रङ्गशालामा आयोजना गरिनु रहस्यमय बनेको को छ ।
छनोट खेल खेल्न दुई दिनअघि ताजकिस्तान पुगेको नेपाली युवा टोलीले बुधबार समूहको पहिलो खेलमा घरेलु टोलीको सामना गर्नेछ ।
नेपालमा फुटबल समर्थकको चापलाई दृष्टिगत गरी सरकारले भक्तपुरको सूर्यविनायकमा अन्तर्राष्ट्रिय स्तरको फुटबल रङ्गशाला निर्माण गर्ने भएको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा बुधबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ४–१ गोलले पराजित भयो ।
नेपालको ‘ए’ टोलीले भारतमा पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ ।
अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल पाकिस्तान साहिन्ससँग एक रनले पराजित भएको छ ।
नेपाल साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको छ ।
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार खेपेको छ । डार्विनस्थित टिआइओ मैदानमा सोमबार भएको खेलमा नेपाल स्थानीय मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो ।
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’ सँग ३२ ले पराजित भएको छ ।
नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको छ ।
एन्फा मैदान सातदोबाटोमा बिहीबारदेखि सुरु भएको उद्घाटन खेलमा छहारीले एफसी रियललाई ३–० गोलले हरायो ।