काठमाडौँ, मङ्सिर २९ गते । नेपालले एसिसी यु–१९ एसिया कप क्रिकेटमा लगातार दोस्रो हार खेपेको छ ।
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा सोमबार भएको खेलमा नेपाल बङ्गलादेशसँग सात विकेटले पराजित भयो । नेपाल आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।
टस हारेर नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३० रन मात्र बनाउन सकेको थियो । एक सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २४.५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
बङ्गलादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाउनुभयो । यस्तै कलाम सिद्दिकीले ६६ बलमा ३४ रन जोड्नुभयो ।
बलिङमा नेपालका अभिशेक तिवारी र युवराज खत्रीले समान एक एक विकेट लिनुभयो । यसअघि निर्धारित ५० ओभर खेलेको नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाउनुभयो ।
त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रन जोड्नुभयो । बलिङतर्फ बङ्गलादेशका एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई दुई विकेट लिनुभयो ।