शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत २ गते । जयराम घिमिरेको आवाजमा ‘मायाको पोको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । घिमिरेकै शब्दमा तयार भएको उक्त गीतमा गायक घिमिरेलाई गङ्गा सोनाम र रेनुका खतिवडाले साथ दिनुभएको छ ।
गीतको लय तथा एरेन्ज सुफिक्स मदनको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गर्नुभएको छ । उमेश कार्की युके निर्देशित गीतमा दीपेन्द्र सोनाम, विनिता खड्कालगायतको अभिनय रहेको छ । रोशन धितालको सम्पादन तथा कलरिङ रहेको गीतलाई जयराम घिमिरे युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । मुख्यतया गीत प्रेम र धोकाको वरिपरि घुमे पनि गीतले माया गर्ने प्रेमिको भित्री अन्तरआत्माको कथा उजागर गर्ने गायक घिमिरेले बताउनुभयो ।