• १६ भदौ २०८१, आइतबार

‘दाइकी कान्छी साली’को म्युजिक भिडियो सार्वजनिक

blog

काठमाडौं, साउन १४ गते । गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाइकी कान्छी साली’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतमा सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको सङ्गीत छ ।

गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र अन्जली अधिकारीक अभिनय देख्न सकिन्छ । नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ जसका कोरियोग्राफर सुबोल थापा हुनुहुन्छ ।

गीतमा पवन सुस्लिङको छायाङ्कन र नवीन निरौलाको सम्पादन एवं कलर ग्रेडिङ छ ।