• ९ जेठ २०८१, बुधबार

संस्कार–संस्कृतिको प्रतिक नाटक ‘खुवालुङ’ (फोटो फिचर)

blog

काठमाडौं, साउन १३ गते। खुवाको अर्थ नदीको पानी हो भने लुङको अर्थ ढुंगा। दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणी जलसायमा अवस्थित विशाल ढुंगालाई मुन्दुम मान्यता र विश्वासमा राख्ने गरिन्छ। खुवालुङलाई संस्कार-संस्कृतिको प्रतिक मानिन्छ। खुवालुङ सांस्कृतिक विश्वास र अभ्यासको जग हो। खुवालुङलाई साक्षी राखेर त्रिवेणीमा मिसिएको नदीको  मुल-मुहान पछ्यादै जाने क्रममा विकास भएको मानव सभ्याताको कथा हो। 

खुवालुङले किरातको सभ्यतालाई जनाउद छ। प्रकृतिको पुजक मानिने किरातीहरु यसै खुवालुङलाई संस्कृतीको प्रतिक मान्दछन्। नाटक मनोरञ्जन मात्र नभएर खुवालुङ जोगाउने एक अभियानको रुपमा पनि लिइएको छ। नाटकाले किराँती सभ्यतालाई लिएर रहेको मिथक र पछिल्लो समय भएको राजनीतिकरणलाई चित्रण गरेको छ। 

राजन मुकारुङले लेख्नु भएको नाटकलाई किरण चाम्लिङ राईले निर्देशन गर्नुभएको हो। नाटकमा पशुपति राई, मानङ लावती, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, अनु थापा, सविना थापाक्षेत्री, प्रशंसा गुरुङ, दीपा सुहाङ लिम्बू, मणि कुलुङ राई, मानहाङ लावती, युवहाङ राई, वेदना राई, सविना थापा, सरा लोहोरुङ राई, रोशनी स्याङ्बो, सुरज यादव, रमिला मोक्तान, विनोद प्रकाश धामीसहित ३० जना कलाकारको अभिनय रहेको छ। नाटकमा प्रयोग भएका दुई गीतको रचना स्वप्निल स्मृति र राजन मुकारुङले गर्नुभएको हो।  

किरण चाम्लिङ राईले निर्देशन गर्नुभएको नाटकलाई राजन मुकारुङले लेख्नुभएको हो । नाटकमा पशुपति राई, मानङ लावती, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, अनु थापा, सविना थापाक्षेत्री, प्रशंसा गुरुङ, दीपा सुहाङ लिम्बू, मणि कुलुङ राई, मानहाङ लावती, युवहाङ राई, वेदना राई, सविना थापा, सरा लोहोरुङ राई, रोशनी स्याङ्बो, सुरज यादव, रमिला मोक्तान, विनोद प्रकाश धामीसहित ३० जना कलाकारहरूको अभिनय रहेको छ ।

साउन ६ गतेदेखि मण्डला नाटकघर, थापागाउँमा मञ्चन भइरहेको नाटक साउन २९ गतेसम्म चल्नेछ ।  नाटक शुक्रबार र शनिबार दिउँसो १ बजेसमेत मञ्चन हुनेछ । सोमबारबाहेक अन्य दिन साँझ ५ः१५ देखि मञ्चन हुने कलाकार दीपा सुहाङले जानकारी दिनुभयो । नाटक मण्डला थिएटरमा फोन गरेर अनलाइन बुकिङसमेत गर्न सकिनेछ ।













Author
सागर बस्‍नेत

फाेटाे पत्रकार