ललितपुर, चैत्र १६ गते । नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएसन फेसन शो–अनुकल्पित प्रभानम् एक अविस्मरणीय साँझका रूपमा सम्पन्न भएको छ ।
ललितपुरको झम्सीखेलमा शुक्रबार फेसन शाे मात्र नभएर नेपाली कला, संस्कृति, र आधुनिकताको सङ्गमको एक भव्य उत्सवको आयोजन भएको थियो। ८८ स्नातक गरेका विद्यार्थीले डिजाइन गरेकोे सिर्जनात्मक संसारलाई उजागर गर्ने यो शोमा नौ वटा विशिष्ट सङ्ग्रह प्रस्तुत गरिएको थियो। यी सङ्ग्रह फेसन डिजाइन मात्र नभएर, डिजाइनरले दृष्टिकोण, मौलिकता, र सांस्कृतिक पहिचानलाई पनि समेटेको थियो ।
नमूना कलेजका संस्थापक प्रिन्सिपल श्रीमती ज्ञानीशोभा तुलाधरको उपस्थितिमा अनुकल्पित प्रभानम् शीर्षको उक्त फेसन कार्यक्रम ३६ जना मोडलहरूको मनमोहक प्रस्तुति दिएका थिए। शोको विशेष आकर्षण भनेको प्रत्येक डिजाइनरद्वारा प्रस्तुत गरिएका “मास्टरपिस” थियो। यी पहिरनहरूले नेपाली संस्कृति, परम्परा, र भावनालाई अनौठोे ढङ्गले प्रस्तुत गरेका थिए । कार्यक्रमको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो। फेसन शोको आयोजन, व्यवस्थापन, र समन्वय विद्यार्थी आफैंले गरेका थिए।

फाेटाे पत्रकार