• १६ भदौ २०८१, आइतबार

सिनेमाघरमा तीन नयाँ चलचित्र

blog

काठमाडौँ, साउन १४ गते । अभिनेता खगेन्द्र लामिछाने निर्देशित चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको छ। चलचित्रले बेपत्ता छोराको खोजीमा रहेको एक दम्पतीको कथा बताउँछ।

चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय छ। टुकी आर्टस् र मञ्जुश्री फिल्म्सको निर्माणमा बनेको चलचित्रलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले निर्माण गर्न‘भएको हो। 

चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठ र अर्ज‘न कार्कीको सम्पादन छ। यस्तै बलिउडका दुई नयाँ चलचित्र पनि प्रदर्शनमा आएका छन्। मोहित सुरी निर्देशित चलचित्र ‘एक भिलियन रिटन्र्स’ र अनुप भण्डारी निर्देशित चलचित्र ‘भिक्रान्त रोना’ ।

राकेश महाडकरले मुम्बई सहरमा आतङ्कको शासन गरेको आठ वर्षपछि पुनः अर्को सिरियल किलरको जन्म भएको छ। एकदमै क्रूर र अधिक खतरनाक तर एउटै कभर प्रयोग गर्ने एउटा, स्माइली नकाव। एक भिलेन रिटन्र्स एकतर्फी प्रेममा दुई पुरुषको कथा हो। चलचित्रमा दुवै कलाकार भिलेन तथा नायकका रूपमा प्रस्तुत भएका छन्। 

चलचित्रमा जोन अब्राहम, अर्जुन कपुर, दिशा पटनी तारा सुतारियाको अभिनय रहेको छ। लगभग आधा शताब्दीअघि, उष्णकटिबन्धीय वर्षावनको बीचमा रहेको एउटा दुर्गम गाउँले अव्यक्त घटनाहरूको शृङ्खला देख्न थाल्छ जसलाई उनीहरू अलौकिकको श्रेय दिन्छन्। यही कथावरपर घुमेको चलचित्र हो ‘भिक्रान्त रोना’ । अनुप भण्डारी निर्देशित चलचित्रमा निरुप भण्डारी र ज्याकलिन फर्नान्डिजको अभिनय छ।