• १६ भदौ २०८१, आइतबार

अम्बर तुम्बापो सुब्बाको सङ्गीतमा 'कसम'

blog

काठमाडौं, साउन १६ गते । मोडल कमल सिंह र ललना चिमरियाबीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिएको 'कसम' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो 'केके अक्टेभ' युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  

भिडियोको सम्पूर्ण छायाङ्कन गौतम बुद्ध जन्मस्थल लुम्विनीभित्र गरिएको छ । यस गीतमा स्वर सा रे गा मा पा बङ्गालका उप-विजेता गायक साईराज खातीको  छ । गीतमा शब्द कुमार मिश्रको  छ भने सङ्गीत अम्बर तुम्बापो सुब्बाको छ । गीतलाई मोहित मुनालले सङ्गीत संयोजन गर्नुभएको हो ।  

बुद्ध थापाले खिच्नुभएको भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । भिडियोमा प्रकाश धितालको कन्सेप्ट र निर्देशन छ ।