• १६ भदौ २०८१, आइतबार

दर्शकसँग कलाकार आकाश र पूजा

blog

काठमाडौं, असार ३२ गते । नेपाली फिल्म सम्झना बिर्सना देशभरका हलहरुमा प्रदर्शनमा आएको छ । फिल्म शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो ।

चलचित्रमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको मुख्य भुमिका छ । त्यस्तै, निमेश प्रधानको निर्देशन रहेको चलचित्रमा आकाश र पूजासँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय छ ।

फिल्मको कथा तथा पटकथा निर्देशक प्रधानले नै तयार पारेका हुन् । दार्जिलिङ, सिक्किम र नेपालको जीवनको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा अदुत्य प्रधान र रेबेका प्रधानको लगानी छ ।

फिल्म हलहरुमा प्रदर्शन भएको दोस्रो दिन शनिबार दर्शक र फ्यानहरुसँग फिल्म हेरिसकेपछि नायक श्रेष्ठले फिल्म समग्रमा राम्रो भएको प्रतिक्रिया दर्शकबाट आएको बतउनुभयो । हलहरुमा आएर दर्शकहरुसँगै बसेर फिल्म हेर्दा धेरै खुशी लागेको उहाँको भनाइ छ । त्यस्तै, नायिका शर्माले फिल्म राम्रो भएको प्रतिक्रिया दर्शकहरुले दिइरहेको बताउनुभयो । आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको उहाँको भनाइ छ ।

शिव ढकालले छायाङ्कन गर्नुभएको फिल्मलाई तारा थापाले सम्पादन गर्नुभएको हो ।