• १६ भदौ २०८१, आइतबार

‘समय र सम्बन्ध’ युट्युबमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३० गते । समय सान्दर्भिक कथावस्तुमा निर्माण गरिएको लघुचलचित्र समय र सम्बन्ध युट्युबमा सार्वजनिक गरिएको छ । १२ मिनेट लामो लघुचलचित्रले समय दिन नसक्दा सम्बन्धमा आएको समस्यालाई प्रस्तुत गरेको छ । उत्तम अधिकारीले निर्देशन गर्न‘भएको लघुचलचित्रको कथा सञ्चारकर्मी रघुनाथ सापकोटाले लेख्नुभएको हो भने पटकथा-संवाद सुजन खतिवडाको रहेको छ ।

विनोद सापकोटाले छायाङ्कन गर्न‘भएको लघुकथामा नहकुल खड्काको सम्पादन रहेको छ ।  सेलिब्रेटी नेपालले निर्माण गर्न‘भएको चलचित्रमा सुरज अधिकारी, स्मृति बस्नेत र सहारा कोइरालाको अभिनय रहेको छ । चलचित्र डीएआर मुभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।