• १६ भदौ २०८१, आइतबार

बक्स अफिसमा कबड्डी–४ को ५१ दिन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २ गते  । ‘कबड्डी–४ : द फाइनल म्याच’ ले बक्स अफिसमा ५१औँ दिन मनाएको छ । घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने चलचित्रको रेकर्ड राख्दै शनिबार ५१ दिन पार गरेको हो । जेठ १३ गतेदेखि प्रदर्शन भइरहेको चलचित्र अहिले पनि काठमाडौँका मल्टिप्लेक्समा चलिरहेको छ । नेपालमा मात्र नभई फिल्मले विदेशी बजारमा पनि नयाँ–नयाँ रेकर्ड राखेको छ ।