• १६ भदौ २०८१, आइतबार

'प्रपञ्च'को गीत 'मुटुमा सास भर्ने आधार' सार्वजनिक

blog

काठमाडौं, असार २७ गते । बीएस बलामीले निर्देशन गर्नुभएको फिल्म ‘प्रपञ्च’को गीत रिलिज गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको हो ।

गीतमा मुख्य कलाकार सुमन थापा र मेनुका माझीलाई प्रस्तुत गरिएको छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर रहेको छ भने तेञ्जु योञ्जनले नृत्य निर्देशन गर्नुभएको छ । 

फिल्ममा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुष मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिम्खडा, सिजन तिवारी लगायतको अभिनय छ । फिल्ममा प्रकाश कुँवरको कथा, दिवस गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रविन ढकालकोे सम्पादन रहेको छ ।

असोज २१ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई बद्री साह, अनिल गीता र रविराज आचार्यले निर्माण गर्नुभएको हो ।