• १६ भदौ २०८१, आइतबार

खगेन्द्र लामिछानेको फिल्म 'पानीफोटो'

blog

काठमाडौं, असार २९ गते । खगेन्द्र लामिछानेको निर्देशनमा बनेको फिल्म 'पानीफोटो'को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार लामिछानेको जन्मदिनको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

ट्रेलरमा आफ्नो हराएको छोरोको खोजीमा फिल्मका मुख्य कलाकार अनुप बराल र मेनुका प्रधान देखाइएको छ । फिल्मको कथा १० वर्षे जनयुद्धमा हराएका छोराको खोजीमा रहेका बाबुआमाको कथा प्रस्तुत गरिएको छ ।

फिल्ममा अनुप र मेनुका बाहेक लेखक तथा निर्देशक लामिछाने, मेनुका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

टुकी आर्ट्सको प्रस्तुति रहेको फिल्मका निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन् । दीपक बज्राचार्यले छायाङ्कन गर्नुभएको फिल्मको सम्पादन निमेश श्रेष्ठले गर्नुभएको हो ।

फिल्म साउन १३ देखि प्रदर्शनमा आउने भएको छ ।