• १६ भदौ २०८१, आइतबार

‘झम झम झरी लाग्यो’ म्युजिक भिडियो सार्वजनिक

blog

गाेरखापत्र अनलाइन

काठमाडौँ, साउन २ गते । गीतकार सागरबाबुको गीति सङ्ग्रह ‘तृष्णा’ सार्वजनिक भएको छ । यस सङ्ग्रहमा युवा गायक तथा सङ्गीतकार विपिन घिमिरेको एकल सङ्गीत रहेको छ । 

‘तृष्णा’ गीति सङ्ग्रहमा रहेको ‘झम झम झरी लाग्यो’, बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक  भएको हाे । यो गीतमा युवा गायक तथा सङ्गीतकार विपिन घिमिरे र ममता गुरूङको स्वर रहेको छ ।

लोक शैलीको ओजपूर्ण शब्द र भावमा वर्षाको समय र चाडपर्व 'तिज'लाई मध्यनजर गरी गीत बनाएको गायक विपिनले बताउनुभएको छ ।

‘झम झम झरी लाग्यो’ गीतमा सञ्जय श्रीपालको एरेन्ज, रामजी लामिछानेको निर्देशन तथा सुधीर श्रेष्ठ र अल्का सुवेदीको अभिनय रहेको छ ।

यहाँ क्लिक गरेर गीत सुन्न सकिन्छ...