• १६ भदौ २०८१, आइतबार

'गुड लक जेरी'को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, असार ३० गते । बलिउड अभिनेत्री जाह्नवी कपुरको फिल्म 'गुड लक जेरी'को ट्रेलर सार्वजनिक गरिएको छ । 'डिज्नीप्लस हटस्टार'को निर्माणमा बनेको यो फिल्म अ कलर याल्लो प्रोडक्सन र लाइका प्रोडक्सनले महावीर जैन फिल्म्ससँगको सहकार्यमा बनेको हो । 

फिल्ममा दिपक डोब्रियल, मिता बसिष्ट, निरज सुद र सुशान्त सिंहको पनि मुख्य भूमिका रहेको छ । सिद्धार्थ सेनको निर्देशन रहेको फिल्म हाँस्य व्यंग्यात्मक कथामा आधारित छ । 

फिल्म २९ जुलाईमा डिज्नीप्लस हटस्टारमा रिलिज हुने बताइएको छ ।