• १६ भदौ २०८१, आइतबार

वृत्तचित्र ‘चाचाजी’ युट्युबमा

blog

काठमाडौँ, साउन २ गते । नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार पन्नालाल गुप्त चाचाजीबारे पत्रकार सन्तोष रेग्मीले बनाएको वृत्तचित्र ‘चाचाजी’ युट्युबमा सार्वजनिक गरिएको छ । पत्रकार रेग्मीको लेखन÷निर्देशन एवं निर्माण रहेको चाचाजीको यसअघि नेपालगञ्जमा विशेष प्रदर्शनी गरिएको थियो । 

चाचाजी उपनामबाट चर्चित पत्रकार गुप्त पञ्चायतकालको कठोर समयमा तत्कालीन शासकका धाक, धम्की र शारीरिक, मानसिक यातनाबाट रत्तिभर विचलित नभई पत्रकारिताको धर्म निर्वाह गर्न अघि बढ्ने अविराम यात्री हुनुहुन्छ । प्रजातन्त्रले मात्र स्वतन्त्र प्रेसको मर्यादा कायम राख्न सक्छ भन्नेमा स्पष्ट रहेका उनी प्रजातन्त्र पुनस्र्थापनापछि प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित छन् । उहाँको भौतिक शरीर हामीमाझ छैन यद्यपि उहाँका कार्यले उहाँलाई अमर बनाएको छ ।