• १६ भदौ २०८१, आइतबार

टेलिचलचित्र 'माया' सार्वजनिक

blog

काठमाडौं, असार ३० गते । प्रज्ञा फिल्मस्काे ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ । टेलिचलचित्रमा जातीय भेदभावको कथावस्तुलाई समेटिएको छ । 

यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो । साँचो प्रेम गर्नेहरुका लागी जातभातले रोक्नुहुन्न, विभेद अन्त्य हुनपर्छ भन्ने मूल सन्देश दिन खोजिएको माया टेलिचलत्रिका लेखक तथा निर्देशक सरोज दाहालले बताउनुभयो ।

टेलिचलचित्रमा प्रज्ञा जोशी, रश्मि भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रिया वाइबालगायतका कलाकारको अभिनय छ । 

प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको टेलिचलचित्र मायाको छायाङ्कन तथा सम्पादन जोन चाम्लिङ राइ शृङ्गार प्रिया नगरकोटी र पोष्ट प्रोडक्सन सिनेमा हबको छ ।