• १६ भदौ २०८१, आइतबार

'दिलमाया २' को प्रदर्शन मिति सार्वजनिक

blog

काठमाडौं, असार २९ गते । राजु गिरीले निर्देशन गर्नुभएको फिल्म 'दिलमाया २' को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुष २९ गतेका लागि प्रदर्शन मिति तय भएको हो ।

राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सन्जीला पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्ममा सुस्मिता खत्रीको सिनेमाटोग्राफी र खुम बहादुर सुनारको सम्पादन रहेको छ ।