'माग्ने बुढा' को कमेडी शाे 'कमेडी हब'
काठमाडौं, जेठ १० गते । कलाकार केदारप्रसाद घिमिरे 'माग्ने बुढा'काे निर्देशनमा 'कमेडी हब शाे' सुरु हुने भएको छ । बुधबारबाट सुरु हुने शोको काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारले यो शोको शुभारम्भ गर्नुभएको हो।कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने बताइएको छ । यस्तै, एपीवान टेलिभिजनमा प्रत्येक बुधबार राति ८ बजे कार्यक्रम प्रसारण हुने जनाइएको छ ।शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुबाेध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीपतामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, सङ्गम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, वेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेको प्रस्तुति रहनेछ ।
'प्रेमगञ्ज'को गीत 'तरबार' सार्वजनिक
काठमाडौं, जेठ १० गते । फिल्म 'प्रेमगञ्ज'को आइटम गीत 'तरबार' सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।गीतमा फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाललाई आइटम डान्समा प्रस्तुत गरिएको छ । किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको आवाज रहेको छ । परिच्छेद सेनले निर्देशन गर्नुभएको फिल्ममा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँ प्रमुख भूमिकामा हुनुहुन्छ। 'जो मनमा छ जीवनमा छैन र जो जीवनमा छ मनमा छैन' भन्ने विषयवस्तुमा आधारित 'प्रेमगन्ज' भदौ ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
तीन चलचित्र प्रदर्शनको तयारी
चलचित्र क्षेत्र लयमा फर्किएसँगै सिनेमा हलमा चलचित्र प्रदर्शनमा आउने क्रम जारी छ । कोरोना सङ्क्रमणको तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली चलचित्रको प्रदर्शनी मिति घोषणा भइरहेका छन् । निर्माता सङ्घका अध्यक्ष आकाश अधिका
'चिसो मान्छे' को ट्रेलर सार्वजनिक
काठमाडौं, जेठ ९ गते । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म 'चिसो मान्छे' को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन रहेको छ । दीर्घ खड्काले सम्पादन गर्नुभएको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।कर्णाली क्षेत्रको कथा देखाइएको फिल्मको ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल लगायत स्वस्तिमालाई कर्णाली भेषभुसामा देखाइएको छ ।फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्नुभएको हो । फिल्म असार १ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना हुँदै
नेपाल अफ्रिका फिल्म फेस्टिभलको १०औँ संस्करण जेठ १५ देखि १७ सम्म तीन दिन काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेभएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसनको आयोजनामा हुन लागेको महोत्सवमा विभिन्न देशका सयभन्दा बढी फिल्म प्राप्त भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताउनुभयो । नेपालसहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।
सुमन शेखर मानन्धरको 'साम से ही दिल'
भारतीय सङ्गीत कम्पनी 'टी सिरिज'ले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गजल 'साम से ही दिल' सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गजल रिलिज गरिएको हो ।
'पासो'को ट्रेलर सार्वजनिक
बीआर इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको नेपाली चलचित्र 'पासो'को ट्रेलर सार्वजनिक गरिएको छ ।
बेरोजगारी समस्या ‘रहरले परदेशी कोही हुन्न’
नेपाली युवाको साझा तथा सत्य कथा बोकेको गीत ‘रहरले परदेशी कोही हुन्न’ सार्वजनिक भएको छ । गीतमा गणेश खड्काको शब्द, राजनराज शिवाकोटीको सङ्गीत, स्वरूपराज आचार्य र रचना रिमालको स्वर तथा नरेन्द्र वियोगीको सङ्गीत संयोजन छ ।
‘तिम्रै नाम होस्’ सार्वजनिक
नायिका केकी अधिकारी गायक राजेश पायल राईसँग ‘तिम्रै नाम होस्’ नामक म्युजिक भिडियोमा प्रेमिल मुडमा देखिनुभएको छ । गीतमा गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर सुन्न सकिन्छ । वसन्त सापकोटाले सङ्गीत दिनुभएको गीतलाई गोपाल लोहारले लेख्नुभएको हो । सुदीप बरालले छायाङ्कन रहेको गीतमा अर्जुन जीसीले सम्पादन गर्नुभएको छ ।
उम्दा गीतकार विश्वम्भर
डा. विश्वम्भर प्याकु-यालको परिचय अर्थविदका रूपमा मात्र चिनाउँदा अन्याय नै हुन्छ । उहाँ साहित्यकार, कवि तथा गीतकर पनि हुनुहुन्छ । बर्दियाको सदरमुकाम गुलरियामा जन्मिनुभएको प्याकु-यालले कक्षा ७ सम्म त्यहीँ अध्यापन गर्नुभयो । त्यसपछि काठमाडौँ आएर आफ्नो काकाकहाँ बसेर थप पढाइलाई निरन्तरता दिनुभयो ।
गायिका कपुर विवाह बन्धनमा
बलिउडको चर्चित गीत ‘बेबी डल’की गायिका कनिका कपुर विवाह बन्धनमा बाँधिनुभएको छ । कनिकाले आफ्नो पुरानो प्रेमी गौतमसँग लन्डनमा विवाह गर्नुभएको हो । कनिकाको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ
'धोकेबाजको राज्य' सार्वजनिक
सुनिल बिसीको नयाँ गीत 'धोकेबाजको राज्य' सार्वजनिक गरिएको छ । गीत सुनील बिसीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
अर्जुनसँग विवाह बन्धनमा बाँधिदै मलाइका
भारतीय अभिनेत्री मलाइका र अभिनेता अर्जुन कपुरले विवाह गर्ने भएका छन् ।
भूतको कथा भुलभुलैया २
पछिल्ला केही वर्ष बलिउडमा हरर चलचित्र धेरै नै चल्न थालेका छन् । प्रियदर्शन निर्देशित २००७ मा प्रदर्शनमा आएको चलचित्र ‘भुलभुलैया’ को सिक्वेल हो ‘भुलभुलैया २’ । पुरानो चलचित्रमा अक्षयकुमार र विद्याबालन अभिनय रहेको थियो । निर्देशक अनिश बज्मीले एउटा फरक कथामा ‘भुलभुलैया २’ दर्शकसामु पेस गरेका छन् । चलचित्रमा पुरानो कथाको केही तार जोडिएका छन् तर पुरानो चलचित्रमा मञ्जुलीका थिइन् भने यसमा चुडैल भनिएको छ । चलचित्र डरलाग्दो भयानक सङ्गीतले भने दर्शकलाई पुरानो ‘भुलभुलैया’ को अवश्य नै याद गराउँछ ।
असार १० मा सौगात र सलोनको 'घनचक्कर'
सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भूमिका रहेको फिल्म 'घनचक्कर' को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिएको हो ।
'लाइफ इन एलए' आजदेखि प्रदर्शनमा
सूर्य एन श्रेष्ठकाे निर्देशनमा बनेको चलचित्र 'लाइफ इन एलए' आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्म अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिएको हो ।
समाइराको तेस्रोलिङ्गीदेखि डान्सिङ् स्टारसम्मको यात्रा
तेस्रोलिङ्गी महिलाहरुलाई राम्रो नाच्ने विशेष वरदान भगवानबाट नै पाएको रे भन्ने सुनेकी समाइरालाई सानैदेखि नाच्ने ठूलो रहर थियो । काठमाडौंमा जन्मिएकी समाइरा बच्चा बेलादेखि नै आफू केटा जस्तै देखिएपनि स्वभाव सबै केटीको रहेको बताउनुहुन्छ ।
कलाकारको नेता बन्ने चाह
स्थानीय चुनावको रौनकले सबैलाई छोएको छ । कलाकारिता क्षेत्रबाट पनि चुनावमा उठेकाहरूको अग्रता र जित हासिल गरिरहेका छन् । पार्टी प्रवेशदेखि चुनाव प्रचारप्रसारमा कलाकार अगाडि नै थिए । सफल चलचित्र चपली हाइटमा नायकका रूपमा अभिनय गर्नुभएको राज घिमिरे (सानुराजा घिमिरे) स्थानीय चुनावबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
नेपाल भित्रिए दुई अमेरिकी रियालिटी सो
अमेरिकामा सफल दुई रियालिटी सो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए’ नेपाल भित्रिएका छन् । बुधबार राजधानीमा एक कार्यक्रमका बीच यी दुई रियालिटी सो नेपाल आएको जानकारी गराइयो । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडालगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुति दिने छन् । दुवै कार्यक्रमको फाइनल भने अमेरिकामा हुनेछ ।
कान्सको रेड कार्पेटमा सुरक्षा
काठमाडौं, जेठ ५ गते । नेपाली अभिनेत्री सुरक्षा पन्त रातो पहिरनमा सजिएर कान्सको रेड कार्पेटमा सहभागी हुनुभएको छ । आफ्नो अभिनय रहेको अन्तर्राष्ट्रिय फिल्म 'द एट माउन्टेन्स' को स्पेशल स्क्रिनका लागि पन्त कान्स फिल्म फेष्टिभलमा सहभागी हुनुभएको हो । पन्तले उक्त चलचित्रको टिमसहित कान्सको रेड कार्पेटमा वाक गर्नुभएको छ । फेष्टिभलमा इटालियन कलाकार, बेल्जियमका निर्देशकद्वय फिलिक्स भ्यान ग्रोनिगेन र शार्लोट भ्यान्डामेर्शसहितको सहभागिता देख्न सकिन्छ । कान्सको अफिसियल निमन्त्रणामा रेड कार्पेटमा हिँड्ने सुरक्षा पहिलो नेपाली कलाकार हुन् । यस्तै, फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुने बताइएको छ ।
नवजोत सिद्धुलाई एक वर्ष जेल सजायको फैसला
काठमाडौं, जेठ ५ गते । ३४ वर्ष पुरानो सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब काँग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटरसमेत रहेका नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ ।भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सिद्धुलाई आजै गिरफ्तार गरिने छ । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो । अदालतले चार वर्षअघिको फैसलालाई पनि पुनरावलोकन गरेको छ । त्यसबेला उनलाई १ हजार भारु धरौटीमा छाडिएको थियो ।
राजु लामालाई काठमाडौंमा स्वागत
काठमाडौं, जेठ ५ गते । सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किनुभएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डा, बाजागाजासहित स्वागत गरिएको छ ।जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उहाँले 'इम्याजिन नेपाल एक्सिपिडिसन'मार्फत सर्वोच्च शिखर आरोहण गर्नुभएको थियो । ६ हजार ५०० मिटर उचाइको क्याम्प-३ मा उहाँले साङ्गीतिक प्रस्तुतिसमेत दिनुभएको थियो । गायक लामाले सगरमाथाको टुप्पोमा पुग्दा आफ्नो आँखाबाट आँसु आएको बताउनुभयो । उहाँले भन्नुभयो, 'यसपटक मैले जलवायु परिवर्तनको विषयमा सन्देश दिन चढेको हुँ । कार्वन उत्र्सजन घटाउने सन्देश मेरो हो ।' यस्तै, उहाँले युवाहरुलाई सजग गराउनका लागि पनि सगरमाथा चढेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको विषयमा युवाहरु सजग हुन आवश्यक रहेको भन्दै लामाले टुप्पोमा पुग्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
युवा पुस्तामाझ मौलिक पहिरनको बढ्दो क्रेज
कुनै चाडपर्व होस् या कार्यक्रम आफ्नो मौलिक पहिरन हाकुपटासीमा सजिन मन लाग्छ पूर्वमिस नेवाः नीतु डङ्गोललाई । उहाँले आफ्नो पहिचान र सान भनेको आफ्नो मौलिक भाषा, खाना र वेशभूषा भएका कारण हाकुपटासी लगाउन मनलाग्ने बताउनुभयो । मौलिक पहिरनमा आफ्नो संस्कृति झल्किनुको साथै अलि फेसनेबल पनि देखिने उहाँको धारणा छ । कालो पृष्ठभूमिमा रातो किनाराको हाकुपटासी, चौबन्दी चोली, पछ्यौरा, कल्की र बाजुको पहिरनमा सजिएर डङ्गोल थुप्रै पटक -याम्प सोमा उत्रिसक्नुभयो ।
‘नइ बाल पुरस्कार’ घोषणा
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बुधबार बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।