• १९ असोज २०८१, शनिबार

अक्षयकुमारकाे 'रक्षाबन्धन'को ट्रेलर

blog

काठमाडौं, असार ८ गते । अक्षयकुमार अभिनीत फिल्म 'रक्षाबन्धन'को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा दाजुभाइ र दिदीबहिनीको प्रेमलाई देखाइएको छ । 

फिल्ममा अक्षयकुमारको अनस्क्रिन दिदीबहिनीसँगको प्रेम र सम्बन्धको सौन्दर्य देख्न सकिन्छ । फिल्ममा अक्षयकुमारसँग भूमि पेडनेकर मुख्य भूमिकामा हुनुहुन्छ । 

'रक्षाबन्धन'लाई आनन्द एल राईले निर्देशन गर्नुभएको हो । 'अतरंगी रे' पछि राईसँग अक्षयको यो दोस्रो सहकार्य हो । 

फिल्म ११ अगस्ट २०२२ मा सिनेमाघरमा रिलिज हुने भएको छ ।