• १६ असार २०८१, आइतबार

'२ नम्बरी'को फस्टलुक सार्वजनिक

blog

काठमाडौं, असार ६ गते । दयाहाङ राई र सौगात मल्ल अभिनित फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र सौगातलाई फरक गेटअपमा देख्न सकिन्छ ।

'रेड बर्ड प्रोडक्सन'को प्रस्तुति रहेको फिल्मको फस्टलुकमा उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङ पनि छन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइबाको संगीत छ । 

फिल्म कात्तिक ४ गते प्रदर्शन हुने तयारीमा छ ।

यस्तै, दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानीमा बनेको यो फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।