शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ११ गते । चलचित्र ‘सिन्दुरे जात्रा’ मा मुख्य कलाकार अनुबन्ध हुनुभएको छ । निर्माण पक्षले अभिनेता विजय बराल र अञ्जना बराइलीलाई अनुबन्ध गरेका हो ।
चलचित्रमा अब हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गर्ने सुरु गरेको निर्देशक सरोज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अबको केही समयमा हामी कलाकार फाइनल गरेर अरू काम सुरु गर्ने छौँ ।” सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयम्को छ । सारङ्गी फिल्म्सको प्रस्तुति रहेको चलचित्रको निर्मातामा प्रभाकार श्रेष्ठ हुनुहुन्छ ।