• १६ असार २०८१, आइतबार

गीतकार ध्रुवको 'पाउनु मात्रै हैन माया'

blog

काठमाडौं, असार ६ गते । गीतकार स्वार्थी ध्रुवको नयाँ गीत 'पाउनु मात्रै हैन माया' सार्वजनिक गरिएको छ । गीतमा धु्रवकै स्वर र संगीत रहेको छ भने एरेन्ज सचिन सिंहले गर्नुभएको हो ।

सुब्रत आचार्यको निर्देशनमा तयार भएको भिडियोमा दिक्पाल कार्की, एसराज गरच र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । 

यस्तै, भिडियोमा उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन, जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ ।