• १२ असोज २०८१, शनिबार

आजदेखि चलचित्र 'घनचक्कर' प्रदर्शनमा

blog

काठमाडौं, असार १० गते । नेपाली चलचित्र 'घनचक्कर' आज शुक्रबारदेखि प्रदर्शनीमा आएको छ । सौगात मल्ल, सरोज खनाल, सलोन बस्नेत, शिशिर भण्डारी, कस्मिरा लामा, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जनलगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्नुभएको हो ।

चलचित्रलाई सुसन प्रजापतिले छायाङ्कन गर्नुभएको हो र अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको सङ्गीत, अर्जुन सिंहको कथा र काजी लिम्बूको पटकथा–संवादमा फिल्म निर्माण भएको छ ।