• २३ असार २०८१, आइतबार

फिल्म 'म'को टिजर सार्वजनिक

blog

काठमाडौं, असार ४ गते । फिल्म 'म'को टिजर सार्वजनिक गरिएको छ । विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म 'म' को टिजर आज सार्वजनिक गरिएको हो ।

यो फिल्म आगामी साउन २० गते प्रदर्शन हुने पक्का भएको छ । फिल्मको टिजरमा मुख्य कलाकारहरु निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ र संजोग रसाइलीलाई देखाइएको छ ।

आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने फिल्म ‘म’ मा निराजन प्रधान, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठका अलवा फिल्ममा नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको मुख्य भुमिकामा रहेका निराजन प्रधान एक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको खोजिमा हिडेको टिजरमा देखाइएको छ ।

प्रकाश पुरी क्रियटभ निर्माता रहेको फिल्मका निर्माता विमला हुमागाईं र सह निर्माता पदम पुरी हुन् । 

फिल्ममा भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको छ भने बनिष शाहको सम्पादन रहेको छ ।