• १६ भदौ २०८१, आइतबार

राजभण्डारीको 'चटपटे भटभटे' म्युजिक भिडियो

blog

काठमाडौं, असार ३० गते । गीतकार प्रेमप्रसाद राजभण्डारीको 'चटपटे भटभटे' म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय युवा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा सजिएको यो गीतलाई गोल्डेन क्रियसन प्रालिले बजारमा ल्याएको हो ।

गीतमा चर्चित गायिका रचना रिमाल र चर्चित युद्धमोर्चाका छापामार गायक मोहित श्रेष्ठको सुमधुर स्वर रहेको छ । यस गीतको भिडियोमा अञ्जली अधिकारी र उमेश राईले अभिनय गर्नुभएको छ । 

सुप्रसिद्ध म्युजिक भिडियो सम्पादक प्रकाश धमला ‘भान्जा’ ले सम्पादन गर्नुभएको यो म्युजिक भिडियोमा सिनेमेटोग्राफी सुरेश श्रेष्ठको रहेको छ । गुरु आमा फिल्मको पोस्ट प्रोडक्सनमा सार्वजनिक यस भिडियोमा निर्देशन स्मृति तिमिल्सिना ‘गुरु आमा’ को दमदार प्रस्तुती देख्न सकिन्छ ।

लामो समय अमेरिकामा बस्दै आउनुभएका दाङ जिल्ला निवासी प्रेम राजभण्डारीले यस पटक दर्शक श्रोता माझ नयाँपनमा ‘चटपटे भटभटे’ गीतको भिडियो सार्वजनिक गर्नुभएको हो । 

गीतकार राजभण्डारीले यस अघि ‘फूलझैँ जीवन’ एल्बम सार्वजनिक गर्नुभएको छ । यो म्युजिक भिडियो ‘चटपटे भटभटे’ गीतकार राजभण्डारीको दोस्रो एल्बम ‘फूलको थुँगा’ बाट लिइएको हो ।