देशैभर एकै पटक अनुगमन
सरकारका नियमनकारी निकायले पहिलो पटक बुुधबार एउटै समयमा एकैसाथ आआफ्नो क्षेत्रमा बजार अनुगमन गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र यस मातहतका कार्यालय, देशभरका ७७ वटा जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकाले एकैसाथ बजार अनुगमन गरेका हुन् ।
प्राधिकरणको नाफामा छलाङ
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो ।
नेप्से परिसूचकको ओरालो यात्रा कायमै
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलब ९१ अङ्कले ओरालो लागेर दुई हजार ५६ दशमलब ८८ अङ्कमा ओर्लिएको छ ।
नेपाल बैंक र त्रिवि विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सानिमा बैंकलाई आइएफसीबाट दुई करोड डलर ऋण प्राप्त
सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ ।
बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु. ९७ हजार एक सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार नौ सयमा कारोबार भएको थियो ।
कोरिया पठाउने तयारी
रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग (एचआरडी) को रोस्टरमा पठाउन थालेको हो ।
सीसीएमसी फाराम भर्न नपर्ने
विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) फाराम भर्न नपर्ने भएको छ । यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रापूर्व नै सीसीएमसीको फाराम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।
६८ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट
सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् ।आर्थिक वर्ष २०७८/७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय तहले अझै सार्वजनिक गरेका छैनन् । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना सकिन लाग्दा पनि बजेट पेस हुन सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर ७५३ स्थानीय तहमध्ये ६८५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन् । ६८ स्थानीय तहले तोकिएको मिति नाघेको एक महिनाभन्दा बढी हुँदासमेत बजेट सार्वजनिक गरेका छैनन् ।
डबल बोनान्जा मुद्दती खाता
महालक्ष्मी विकास बैङ्कले छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ । योजनामा १० हजार रुपियाँमै मुद्दती खाता खोल्न सकिने र ७० महिनामै मुद्दती रकमको दुई गुणा रकम भुक्तानी गरिने कुरा बैङ्कले जनाएको छ । बैङ्कमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजनाअन्तर्गतको आकर्षक महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने बैङ्कले जनाएको छ ।
सीईओमा युगेश
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको छ । सञ्चालक समितिको १२०औँ बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्तलाई सोमबारदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको हो । नवनियुक्त सीईओ श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
लुम्बिनी प्रदेशको योगदान चौध प्रतिशत
देशको कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको योगदान १४ प्रतिशत रहेको छ । प्रदेशमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ४५ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.३७ प्रतिशत हुने अनुमान रहेको लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयले जनाएको छ । जुन नेपालको चालू आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धिदर ५.८४ प्रतिशतको नजिक रहेको छ ।
चार ठाउँमा डिपो विस्तार गर्दै खाद्य कम्पनी
सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कार्यालय नभएको दुर्गम ठाउँमा डिपो विस्तार गर्न लागेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत कम्पनीको पुनर्संरचना गरी प्रदेश र स्थानीय सरकारको सेयर लगानीसहित प्रदेश र स्थानीय तहमा कृषिउपज खरिद बिक्रीको कार्य गर्ने गरी शाखा विस्तार गरिने उल्लेख छ । सोहीअनुसार कम्पनीले पूर्वीरुकुुम र दार्चुला जिल्लाका आवश्यक ठाउँमा दुुई÷दुईवटा डिपो स्थापना गर्न लागेको हो ।
भारतबाट मल ल्याउन रकम अभाव
बजेटको सुनिश्चितता नहुँदा भारतबाट आउने जीटुजी (सरकारदेखि सरकार) सम्झौताको मल आउनमा ढिलाइ भइरहेको छ । भारतले नेपाललाई मल दिने सहमत भइसकेको छ । कुन मल कति चाहिन्छ, त्यो प्रस्ताव पठाउनेबित्तिकै भारतले मल पठाउन सुरु गर्छ तर नेपालले हालसम्म न प्रस्ताव पठाएको छ न रकमको व्यवस्था गरेको छ । रकमको व्यवस्था हुन नसकेका कारण भारतबाट मल आउनमा ढिलाइ भएको हो ।
लक्ष्यअनुसार भएन रोजगारी सिर्जना
सरकारले राखेको लक्ष्यअनुसार उद्योग दर्ता र रोजगारी सिर्जना हुुन सकेको छैन । उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालय मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा कार्यक्रममार्फत उद्योग दर्ता, औद्योगिक ग्राम स्थापना र निजी क्षेत्रको साझेदारीमा सीपमूलक तालिम सञ्चालन गर्ने लक्ष्यअनुुुुसार प्रगति हुन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
एक करोड ९९ लाख राजस्व संकलन
जिल्ला भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले एक आर्थिक वर्षमा एक करोड ९९ लाख रुपियाँ राजस्व संकलन गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्ती टोलिले जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको पाँच करोड ४४ लाख ५४ हजार ५१२ रुपियाँ बराबरको सामान भन्सार दाखिला गरेकोमा एक करोड ९९ लाख राजस्व असुली भएको छ ।
नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको छ ।
जङ्गली च्याउ : विना लगानी, राम्रो आम्दानी
जब वर्षायाम शुरु हुन्छ, तब सोलुखुम्बुका विभिन्न जङ्गलमा धेरै थरीका च्याउ पलाउन थाल्छन् । त्यही च्याउ कतिपयको गजबको आम्दानीको स्रोत बनेको छ, कतिपयको स्वादिष्ट तरकारी । विना लगानी प्राकृतिक रुपमा उब्जनी हुने च्याउबाट सोलुखुम्बुका विभिन्न क्षेत्रका महिलाहरुले राम्रो आम्दानी गर्ने गरेका छन् ।
भारतबाट अवैध कुखुरा, मासु आयात
नेपालमा अहिले कुखुराको मासुको मूल्य एकोहोरो घटिरहेको छ । भारतवाट अवैध रूपमा कुखुराको मासु भित्रिँदा नेपाली कुखुराको माग घटेको र जसले मूल्यमा गिरावट आएको हो । ह्याचरी उद्योग सङ्घका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेल स्थल मार्गबाट नेपालमा कुखुरा र कुखुराको मासु आयात गर्न प्रतिबन्ध भए पनि अवैध रूपमा आयात भइरहेको बताउनुहुन्छ । खुला सीमाको फाइदा उठाउँदै कुखुरा र यसको मासु भिœयाउने क्रम बढ्दो रहेको पनि उहाँले जनाउनुभयो । “४५० रुपियाँ किलोसम्म पुगेको कुखुराको मासु अहिले तीन सय रुपियाँबाट पनि तल झरेको छ,” पोख्रेलले भन्नुभयो, “कुखुराको मासुको मूल्य यसरी घट्नुमा भारतीय कुखुराको मासु छ्यापछ्याप्ती भेटिनु हो ।”
थप आठ स्थानबाट विषादी परीक्षण हुने
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही साउनदेखि थप आठ स्थानबाट देशबाहिरबाट आयात भएका तरकारी तथा फलफूलमा द्रुत विषादी अवशेष (आरबीपीआर विधि)मार्फत परीक्षण सुुरु गरेको छ । यसअघि विभागले देशका विभिन्न सात नाकामा रहेका भन्सार कार्यालय आसपासमा बसेर आयातित फलफूल तथा तरकारीको परीक्षण गर्दै आएकामा साउनदेखि थप आठ स्थानबाट परीक्षण सुुरु गरेको विभागले जनाएको छ ।
रासायनिक मल कारखाना खोल्न चासो
एक सरकारी अध्ययन प्रतिवेदनअनुसार नेपालमा हाइड्रोजन र त्यसबाट रासायनिक मल उत्पादन गर्न सम्भव देखिएपछि त्यसलाई कार्यान्वयनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चासो देखाएको छ ।
विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ
विभिन्न देशका अबैध मुद्रासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ती मुद्रासहित भारतीय नागरिक राहदानी नम्बर जेड ५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार तीनसय तोकिएको छ ।
‘अर्थतन्त्रमा नीतिगत सुधार गर्नुपर्छ’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उदारवादी अर्थतन्त्रलाई समयसापेक्ष रूपमा नीतिगत सुधार गर्नुपर्ने बताउनुभएको छ। इकोनोमिक डिस्कसन फोरमद्वारा आयोजित ‘नेपाली आर्थिक भविष्य र समुन्नत नेपालको खाका’ शीर्षकको अन्तक्र्रिया कार्यक्रममा उहाँले उदारवाद तथा खुला बजार अर्थनीतिलाई अझ परिस्कृत गर्नुपर्ने बताउनुभयो।