अत्याधुनिक फलाम उद्योग सञ्चालन
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा स्थापना भएको स्वस्तिक रोलिङ उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । दुहबी परास्टोकीमा १० बिघा क्षेत्रफलमा स्थापना भएको सो गोल्छा अर्गनाइजेसनका दुई घराना राजकुमार गोल्छा ग्रुप तथा हितेश–हिमांशु गोल्छाको हुलास स्टिल समूह र रमेश राठीको स्वस्तिक समूह, विराटनगरका युवा व्यवसायी जीवन रिजाल र इन्तकाब अहमद मियाँको साझेदार लगानीमा सो उद्योग स्थापना भएको हो । स्वस्तिकबाट व्यावसायिक उत्पादन सुरु भएको उद्योगका सञ्चालक रमेश राठीले जानकारी दिनुभयो । उद्योग विभागबाट नेपाल गुणस्तर चिह्न प्राप्त गरेर परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन थालिएको राठीले जानकारी दिनुभयो ।
अनुदान रोकिँदा किसान मर्कामा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना’ले कबोल गरेको अनुदान रकम नपाउँदा किसान मर्कामा परेका छन् । आयोजनाले अनुदान दिने भनेर किसानलाई दूध तथा दुग्धजन्य पदार्थ, खसीबोकाको मासु र च्याङ्ग्रा पस्मिनाको उत्पादन गर्न लगाएको थियो तर यसमा लागेका किसानले भने अनुदान रकम पाएका छैनन् । आयोजनाका निर्देशक डा. उमेश दाहालले आफूहरूको कारण किसानको रकम नरोकिएको तर सर्वोच्च अदालतको आदेशका कारण किसानको रकम रोकिएको बताउनुभयो ।
सुनकोसी–३ निर्माण गर्न संयुक्त कम्पनी खडा गर्ने सहमति
नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको चौथो बैठक सम्पन्न भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव सुशीलचन्द्र तिवारी र बङ्गलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोलीबीच राजधानीमा बिहीबार बैठक बसेको थियो । यो बैठकमा बङ्गलादेशले लगानी गर्न चाहेको ६८३ मेगावाटको जलाशययुक्त सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको वित्तीय ‘मोडालिटी’समेत टुङ्ग्याउने कार्यसूची थियो तर सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गरेर आगामी बैठकमा वित्तीय ‘मोडालिटी’ टुङ्ग्याउने सहमति भएको छ ।
ईपीएसको काम अब फ्याम्समार्फत
रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाबाट हुने काम अबदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फ्याम्स)मार्फत हुने भएको छ । सो शाखाले ईपीएसबाट दक्षिण कोरिया जानका लागि गर्नुुपर्ने सबै प्रक्रिया आउँदो सोमबारदेखि फ्याम्समार्फत गर्ने भएको हो । फ्याम्स श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अनलाइनबाट जानकारी गराउने प्रणाली हो ।
सामसुङका टीभी नेपालमै उत्पादन हुने
अब नेपालमै विश्वप्रसिद्ध सामसुङ ब्रान्डका टेलिभिजन उत्पादन हुने भएको छ । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्ट फोनको ब्रान्ड सामसुङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा टीभी निर्माण गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले बुधबार नवलपरासीको सुनवल नगरपालिका, भुमहीको गोल्छा कम्पनी परिसरमा संयुक्त रूपमा सो उद्योगको शिलान्यास गर्नुभएको हो ।
मकैका चार नयाँ जात सिफारिस
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरले मकैका चारवटा नयाँ जात सिफारिस गरेको छ । सिफारिस गरिएका तीनवटा वर्णशङ्कर मकैको जातमा रामपुर हाइब्रिड (वर्णशङ्कर) १२, १४, १६ र एउटा खुला सेचित मकैको जात मनकामना ९ रहेको छ । वर्णशङ्कर मकै रामपुर १२, १४ र १६ यसै वर्ष तथा खुला मनकामना ९ सन् २०२१ मा सिफारिस गरिएको हो । यी नयाँ जातमध्ये खुला सेचित मकै मनकामना ९ लगाएको १३२ दिनमा पाक्नेछ । प्रतिहेक्टर ५.४४ मेट्रिक टन उत्पादन हुने यो मकै समुद्र सतहबाट आठ सय मिटरदेखि एक हजार छ सय मिटर उचाइसम्मको मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यकमका प्रमुख चित्रबहादुर कुँवरले जानकारी दिनुभयो ।
आज सचिवस्तरीय बैठक
ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी छलफल गर्दै नेपाल–बङ्गलादेश सहसचिवस्तरीय संयुक्त कार्यसमितिको बुधबारको बैठक सम्पन्न भएको छ । यहाँ भएको उक्त बैठकमा अन्तरदेशीय विद्युत् व्यापार सहजीकरण, जलाशययुक्त सुनकोसी जलविद्युत् आयोजनालगायतमा बङ्गलादेशी लगानी, जीएमआर अप्पर कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौतालगायतका विषयमा छलफल भएको थियो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष: विराटनगर र सिमरामा शाखा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको विराटनगर र सिमरामा शाखा कार्यालय शुभारम्भ गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार एकैसाथ भर्चुअल माध्यमबाट ती दुई कार्यालयको शुभारम्भ गर्नुभएको हो । सेवाग्राहीको माग र आवश्यकताका आधारमा शाखा विस्तार गरिएको कोषले जनाएको छ । श्रम सचिव एवं कोष सञ्चालक समितिका अध्यक्ष एकनारायण अर्यालले केन्द्रीय कार्यालयबाट हुँदै आएका सम्पूर्ण काम नयाँ शाखा कार्यालयबाट पनि हुने जानकारी दिनुभयो । उहाँले कोषका कार्यालय विस्तार भएसँगै ती कार्यालयमार्फत कोषमा सेवाग्राहीको पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
‘लेकसाइड सर्किट’ घोषणा गर्ने तयारी
पर्यटकीय स्थल चितवनमा नयाँ पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज र महाभारत पहाड शृङ्खलाबीचको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा रहेका तालतलैयालाई समेटेर भरतपुर महानगरपालिकाले ‘लेकसाइड सर्किट’ घोषणा गर्न लागेको हो । महानगरका पर्यटनविज्ञ डा. विश्वराज सुवेदीले पर्यटकलाई केन्द्रित गरेर ‘लेकसाइड सर्किट’ घोषणा गर्न लागिएको जानकारी दिनुभयो । “हामीले यसको अध्ययन पूरा गरेर पूर्वाधार बनाउन महानगरमा प्रस्ताव प्रस्तुत गरिसकेका छौँ । दशैँँको अवसर पारेर हामी चितवनमा पर्यटकका लागि नयाँ गन्तव्य घोषणाको तयारीमा छौँ,” विज्ञ डा. सुवेदीले भन्नुभयो ।
भदौ अन्तिमदेखि सुपथ मूल्य पसल
चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको ध्यान सामान खरिद र त्यसका लागि खर्चको जोहो गर्नेतिर जान थालेको छ । व्यापारी दशैँ, तिहारका लागि बिक्री गर्ने सामानको तयारी गर्न थालेका छन् । सरकार भने सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गर्न थालेको छ । असोजको दोस्रो–तेस्रो सातामा परेको यस वर्षको दशैँ र कात्तिकको दोस्रो सातामा परेका तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ । प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशनसमेत गइसकेको जानकारी दिनुभयो । चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
तीन सयले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले बढेर ९५ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार रुपियाँमा कारोबार भएको थियो ।
खप्तड लघुवित्तको आइपिओ खुला
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
दुई खर्बको आयात, ८० करोडको निर्यात
नेपाल–चीनको तातोपानी र रसुवागढी नाका बन्द भए पनि चीनबाट २०७८/७९ मा मात्र दुई खर्ब रुपियाँ बराबरको सामान आयात भएको छ भने नेपालबाट ८० करोड रुपियाँको समान मात्र निर्यात भएको छ । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १८ अर्ब ७६ करोड रुपियाँ बराबरको समान आयात भएको छ भने छ करोड रुपियाँ बराबरको समान निर्यात भएको छ ।
गुणस्तरीय इन्डक्सन असम्भव
विद्युत् खपत विस्तार र एलपी ग्यास विस्थापनका लागि इन्डक्सन चुलो प्रवद्र्धनको गतिविधि सञ्चालन गर्न चुनौती देखिएको छ । सरकारले चालू आर्थिक वर्षका बजेट वक्तव्यमार्पmत स्थानीय निकायसँगको साझेदारीमा प्रत्येक घरमा विद्युतीय चुलो पु-याउने घोषणा गरेको छ । तर, अनुदानमार्पmत यस्तै चुलो उपलब्ध गराउँदै आएको सरकारी निकाय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुभवमा यस्ता वितरणमुखी कार्यक्रम कार्यान्वयन र प्रभावकारीमा चुनौती देखिएको छ ।
मल ‘ई–बिडिङ’ प्रणालीबाट बिक्री हुने
रासायनिक मल बिक्री वितरणलाई छिटो छरितो र पारदर्शी बनाउन ‘ई बिडिङ’ प्रणाली लागू गरिएको छ । देशभरका मल बिक्री वितरण गर्ने डिपोहरूले आफू खुसी मल बिक्री गरेको, आफ्ना नजिकलाई मात्र दिएको, मल लुकाएको जस्ता आरोप लाग्ने गरेको छ । यो प्रणाली लागू भएपछि ती सबै आरोपबाट मुक्ति पाउने विश्वास कृषि सामग्री कम्पनी लिमिटेडले गरेको छ । कतिपय डिपोमा मल हुँदा हुँदै मल नभएको भनि किसानलाई ढाँट्ने गरेको गुनासो आउने गरेको छ । अब कुन ठाउँमा कति मल छ, कति बिक्री भइसक्यो, कुन सहकारीले कति लग्यो जस्ता कुरा जहाँबाट पनि हेर्न सकिने गरी प्रणाली निर्माण भएको हो ।
व्यापार घाटा १०.३८ प्रतिशतले कम
केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण मुलुक भित्रिने वस्तुको आकार घटेको छ । वैशाख दोस्रो हप्तादेखि जारी त्यस्तो प्रतिबन्धले मुलुकको व्यापार घाटा कम गर्न पनि सहयोग पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को साउनको अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्कअनुसार मुलुकमा एक खर्ब ३१ अर्ब २८ करोड रुपियाँको वस्तु भित्रिएका छन् । यो रकम गत आर्थिक वर्षको साउनकै तुलनामा करिब १३ प्रतिशतले कम हो । गत साउनमा नेपालले एक खर्ब ५० अर्ब ७३ करोड रुपियाँको वस्तु आयात गरेको थियो ।
श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि
कोरोना खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै वैदेशिक रोजगारी चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा विदेशिनेको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रम स्वीकृति लिएका हुन् । सो तथ्याङ्कमा पुनः लिएको स्वीकृतिको तथ्याङ्क समावेश छैन । विभागका अनुसार गत वर्षको साउन महिनामा २५ हजार ४२८ ले श्रम स्वीकृति लिएका थिए भने यो वर्ष ६१ हजार ६३० जनाले लिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३५ हजार २०५ जना बढी छन् ।
अनलाइनबाटै ऋण दिने योजनामा छौँ
नागरिक लगानी कोषले २०४८ साल माघ १ गतेदेखि कार्य सञ्चालन सुरु गरेको हो । कोषले ३१ वर्ष पूरा गरे पनि बीचमा नियमित नहुँदा अहिले २७औँ वार्षिक साधारण सभा भएको हो । कोषका उपलब्धि, पछिल्ला गतिविधि र आगामी योजनाबारे गोरखापत्रका विश्वास रेग्मीले कोषका कार्यकारी निर्देशक रमण नेपालसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
ऊर्जा सहकार्यमा छलफल गर्दै नेपाल र बङ्गलादेश
नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने गरी बुधबारदेखि दुई देशका ऊर्जा सचिवस्तरीय विज्ञ समूहको बैठक हुने भएको छ । बैठकमा सहभागी हुन बङ्गलादेशका ऊर्जा विकास विभागका सचिव मो. हविबुर रहमान नेतृत्वको टोली नेपाल आइसकेको छ । नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि स्थापित संयन्त्रको चौथो संस्करणको यो बैठकमा नेपालको विद्युत् बङ्गलादेशमा बिक्री गर्ने र नेपालको जलविद्युत् विकासका लागि बङ्गलादेशको लगानी भिœयाउने विषयमा केन्द्रित रहने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले गर्नुहुनेछ ।
अव्यवस्थित बसोबासीको समस्या
मकवानपुरमा भूमिहीन सुकुम्बासीको भन्दा अव्यवस्थित बसोबासीको समस्या बढी पाइएको छ। जिल्लाको बागमती, बकैया, मकवानपुरगढी, राक्सिराङ र मनहरी गाउँपालिकासँगै थाहा नगरपालिकामा अव्यवस्थित बसोबासीको समस्या बढी पाइएको हो।
कभर्ड हल निर्माणमा म्याद सकियो, काम सकिएन
भीमेश्वर नगरपालिकाले निर्माण सुरु गरेको कभर्ड हल दुई पटक म्याद थप गर्दासमेत निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढ्न सकेको छैन। विभिन्न बहाना बनाउँदै निर्माण कम्पनी श्यामसुन्दर अभिषा जेभीले काम नगर्दा कभर्ड हल समयमा निर्माण पूरा हुन नसकेको हो।
नेपाली चियालाई चिनियाँ बजार
नेपालमा उत्पादन भएको चिया चीन निर्यात हुने भएको छ । दुई देशका विदेशमन्त्रीस्तरीय समझदारीले नेपाली चिया चीन निर्यात हुने बाटो खुलेको हो । साउनको अन्तिम हप्ता परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमणका क्रममा चिनियाँ सरकारसँग चियाको विषयमा छलफल गर्नुभएको थियो । त्यस विषयमा नेपालबाट प्रस्ताव नै पेस गरिएको थियो । दुई देशको विदेशमन्त्रीको छलफलले चीनमा नेपाली चिया निर्यातको बाटो खुलेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
सबै स्थानीय तहमा औद्योगिक ग्राम
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सबै स्थानीय तहमा औद्योगिक क्षेत्र बनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्लाइउड उत्पादक सङ्घको २३औँ वार्षिक साधारण सभामा उहाँले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सङ्घीय र प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिनुभयो । स्थानीय तहको प्रस्तावमा सरकारले ग्राम स्थापनाका लागि कुल लगानीको ४० प्रतिशत रकम वा तीन करोड रुपियाँ उपलब्ध गराउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक ग्राम स्थापना भएर पूर्ण क्षमतामा सञ्चालन भएमा गाउँमा नै रोजगारी, उत्पादन र औद्योगिक वातावरण सिर्जना हुनेछ ।”
अमेरिकी सरकारबाट नेपाललाई करिब दुई अर्बको सहयोग
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले नेपाललाई रुस–युक्रेनको युद्धबाट बढ्दैगएको विश्वव्यापी संकटबाट जोखिममा परेका जनतालाई जोगाउन करिब दुई अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने भएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको एक हिस्सा स्वरुप नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो ।