रुकुमपूर्वमा रेन्बो ट्राउट
भूमे गाउँपालिका–१, लुकुममा रेन्बो ट्राउट माछा हुर्किंदै छन् । पहिलो पटकका रेन्बो ट्राउट माछा सबै मरे भने हाल दोस्रो पटकका माछा भने हुर्किरहेका छन् । सिद्धचौर माध्यमिक विद्यालय लुकुमका प्राध्यानाध्यपकसमेत रहनुभएका लुकुमका रामबहादुर पुनमगरले जिल्लामै पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु गर्नुभएको छ । माछापालनका लागि आवश्यक भौतिक संरचना तयार बनाइसकेपछि पुनले गत वर्षको असारमा रेन्बो ट्राउट माछापालन सुरु गर्नुभएको हो ।
कोष बनाउँदै सहकारी बैङ्क
सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैङ्क लिमिटेडले तीन अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । सञ्चालक समितिको बैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैङ्कका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैङ्कका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो । सहकारीलाई सङ्कटबाट जोगाउन सञ्चालक रामहरि बजगाईंको संयोजकत्वमा बैकका सातवटै प्रदेशका संयोजक र बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं सदस्य रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यदलसमेत गठन गरेको छ ।
आयात रोकिँदा उद्योग सङ्कटमा
छिमेकी देश भारतले गहुँको निर्यात नखोल्दा नेपाली फ्लोर मिल बन्द हुने अवस्थामा पुगेका छन् । उद्योगीका अनुसार कच्चा पदार्थ गहुँको अभावमा उद्योगहरू बन्द हुने अवस्थामा पुगेपछि बजारमा गहुँ, मैदा र सुजीको पिठोका साथै गाईको दाना अर्थात् चोकरको अभाव हुन सक्ने भन्दै फ्लोर मिल सञ्चालकले चिन्ता व्यक्त गरेका छन् । नेपालमा उत्पादित गहुँले तीन महिनासम्मलाई मात्रै धान्न सक्ने उद्योगीले बताएका छन् । रुपन्देही फ्लोर मिलका कोषाध्यक्षसमेत रहनुभएका अरुण एग्रो इन्ड्रस्टिज प्रालिका सञ्चालक अरुणकुमार गोयन्काले नेपालमा उत्पादित गहुँले उद्योगहरू तीन महिनाभन्दा बढी चल्न नसक्ने हुँदा सरकारले गहुँको आयात खोल्नका लागि भारत सरकारसँग पहल गर्नुपर्ने बताउनुभयो ।
दुई बन्दरगाह प्रयोग गर्न बङ्गलादेशको प्रस्ताव
बङ्गलादेशले नेपाललाई आफ्ना दुई सामुद्रिक बन्दरगाहसहित एउटा विमानस्थल प्रयोग गर्न प्रस्ताव गरेको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सो प्रस्ताव गर्नुभएको हो । बङ्गलादेश भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले बन्दरगाह प्रयोगको प्रस्ताव गर्नुभएको हो । बङ्गलादेशले यसअघि पनि नेपाललाई आफ्ना मोङ्गला र चट्टोग्राम बन्दरगाह प्रयोगका लागि प्रस्ताव गरेको थियो । “हाम्रा मोङ्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सक्छ,” नेपाली टोलीसँग भेटका क्रममा उहाँले भन्नुभयो ।
हेटौँडाका उद्योगले चौध करोड भाडा बुझाउन बाँकी
हेटौँडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई रु १४ करोडभन्दा बढी भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरुलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ ।
पशु कल्याण ऐन मस्यौदामै अलमल
पशु कल्याण विधेयक तयार गर्न सरकारले सैद्धान्तिक सहमति प्रदान गरेको नौ महिनाभन्दा बढी भइसक्यो तर हालसम्म यो ऐनको मस्यौदा पनि तयार भएको छैन । सरकारले सैद्धान्तिक सहमति दिइसकेपछि त्यसको मस्यौदा तयार गर्ने काम कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको हो तर झन्डै एक वर्ष बित्दा पनि चासो नदेखाइँदा विधेयक तयार हुन नसकेको हो ।
गहुँ र चिनी आयातका लागि आशयपत्र माग
सरकारले भारतबाट गहुँ चिनी आयात गर्नका लागि उद्योगी व्यवसायीसँग आवश्यक कागजपत्रसहित आशयपत्र पेस गर्न भनेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गरेर गहुँ र चिनी आयात गर्न चाहने उद्योगी व्यवसायीलाई आवश्यक कागजपत्र पेस गर्न भनेको हो । आन्तरिक बजारमै अपुग हुने भन्दै भारतले वैशाख अन्तिम सातादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । नेपाली मैदा मिल भारतीय गहुँमै निर्भर रहँदै आएका छन् ।
मह बिक्री नहुँदा समस्या
घोराही उपमहानगरपालिका–१३, कलमघारीका रेशमबहादुर राणासँग अहिले १५० घार मौरी छन् । मौरीपालनमा मेहनतअनुसार राम्रै कमाइ हुने भएकाले राणाले बर्सेनि मौरी बढाउँदै आउनुभएको थियो । मौरी बढ्दै जाँदा उत्पादन पनि बढेको थियो तर उत्पादन भएको मह बिक्री नहुँदा उहाँ समस्यामा पर्नुभएको छ । “गएको वर्ष मह उत्पादन राम्रो भएको थियो तर अहिलेसम्म मह बिक्री भएको छैन । अब फेरि मह उत्पादन हुने सिजन सुरु हुने बेला भइसक्यो,” राणाले भन्नुभयो ।
बढ्यो रावा बैङ्कको खुद मुनाफा
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आव २०७८/७९ मा पाँच अर्ब २१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष बैङ्कको खुद मुनाफा तीन अर्ब ७९ करोड रुपियाँ मात्रै थियो ।
बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय रुपियाँ तोकिएको छ ।
अफ्रिकी स्वाइन फिवरले मरे बङ्गुर
अफ्रिकी स्वाइन फिवर नामक सङ्क्रमणका कारण काठमाडौँसहित आठ जिल्लाका पाँच हजार बङ्गुर मरेका छन् । पशुसेवा विभागका वरिष्ठ भेटेरिनरी अधिकृत डा. मुकुल उपाध्यायले तीन महिनामा त्यति सङ्ख्यामा बङ्गुर मरेको जानकारी दिँदै सो क्षति २० करोड रुपियाँभन्दा बढी हुने बताउनुभयो । सन् २०१८ मा अफ्रिकी देशबाट सुरु भएको सङ्क्रमण भारत, चीन, भुटान हुँदै नेपाल आइपुगेको छ । भारतमा यो सङ्क्रमण पाँच महिनाअघि देखापरेको थियो भने गत जेठमा नेपालमा पुष्टि भएको थियो ।
पुँजी बजारलाई वास्तविक बनाउनै बाँकी
नेपालको पुँजी बजारको आकार बढ्दै जाँदा यसलाई अझै वास्तविकतामा आधारित बनाउन बाँकी रहेको सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक अन्तक्र्रियामा सहभागीले पुँजी बजार नेपाली अर्थतन्त्र र विश्वव्यापी अभ्यासअनुरूप अझै वास्तविक हुन नसकेको औँल्याएका हुन् ।
बेतन कर्णालीको पूर्वतयारी धमाधम
सुर्खेत र अछाममा निर्माण हुने बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भई प्रभावित क्षेत्रमा रायसुझाव लिने काम भइरहेको छ भने मुआब्जा वितरणको काम सकिने लागेको छ । आयोजनाको पूर्वाधार निर्माणभन्दा अगाडिको प्रारम्भिक आधारभूत संरचना निर्माणको काम पनि भइरहेको छ ।
चीनले थप्यो शून्य भन्सार सुविधा
चीन निर्यात हुने ९८ प्रतिशत करयोग्य वस्तुमा नेपालले शून्य भन्सार सुविधा पाउने भएको छ । चीनको भन्सार महसुल आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालसहित अन्य १६ देशलाई यस किसिमको सुविधा उपलब्ध गराउने जनाएको हो । सूचीमा समावेश देशले आगामी भदौ १६ गते (सेप्टेम्बर १)देखि यस्तो सुविधा पाउने आयोगले उल्लेख गरेको छ ।
जापानमा रोजगारी दिने सहमति
नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलत संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए ।
कोरोना महामारीमा हिमालयको १७७ उडान
निजी क्षेत्रको हिमालय एयरलाइन्सले कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको समयमा १७७ उडानमार्फत साढे ३३ हजार नेपालीलाई स्वदेश ल्याएको जनाएको छ । कम्पनीले बुधबार सन् २०२०–२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वको रूपरेखासहितको प्रतिवेदन सार्वजनिक गर्दै महामारीको समयमा दुई लाख डोज कोरोनाविरुद्वको खोप ल्याउन दुई करोड २५ लाख रुपियाँ बराबरको निःशुल्क चारवटा कार्गाे उडान गरेको जनाएको छ ।
मस्यौदामै अल्झियो कृषि ऐन तथा नीति
आर्थिक वृद्धिको मुख्य आधार रहेको कृषिका लागि न छुट्टै ऐन छ, न राष्ट्रिय कृषि नीति नै । कृषिसम्बन्धी क्रियाकलाप बिनाऐन र नीतिबाट नै सञ्चालन भइरहेका छन् । हालसम्म कृषि गतिविधि निर्देशिका, नियमावली, कार्यविधिबाट नै सञ्चालन भइरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ऐन र नीति बनाउन पहल नगरेको पनि होइन । कृषि ऐन र नीति बनाउन कृषि मन्त्रालय विगत तीन÷चार वर्षदेखि मस्यौदामा नै अल्झेको छ । कृषि मन्त्रालयले कृषि ऐनको मस्यौदा तयार गरी त्यसमा थप सुझावका लागि नेपाल कानुन आयोगलाई पठाएको थियो । आयोगले सुझावसहित सो मस्यौदा मन्त्रालयलाई पठाएको झन्डै एक वर्ष हुन लागेको छ ।
पुँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का हुने
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने बताउनुभएको छ । राष्ट्रिय बीमा कम्पनीको बुधबार राजधानीमा आयोजित नवौँ वार्षिकोत्सव समारोहमा उहाँले तोकिएको समयसीमाभित्र तोकिएको पुँजी नपु-याउने सरकारी र निजी क्षेत्रको जुनसुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने उहाँले बताउनुभयो ।
जापान पठाउने प्रक्रिया अन्तिम चरणमा
जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपालीले छिट्टै जापान जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत उच्च सीपयुक्त श्रमिक (एसएसडब्लू) जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
बन्द खरी उद्योग चलाउन माग
हाल बन्द रहेको नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनः सञ्चालनमा ल्याउन स्थानीयवासीले माग गरेका छन् । यो उद्योग करिब चार दशकअघि दोलखाको भीमेश्वर नगरपालिका–९ मा सञ्चालनमा आई १० वर्ष सञ्चालन भएर बन्द रहेको छ । ८० वर्षे आयोजना भनिएको यो उद्योग सञ्चालनमा सरकारको स्पष्ट र स्थिर नीति नभएको भन्दै स्थानीयवासीले पुनः सञ्चालनमा ल्याउन आवाज उठाएका हुन् ।
सुनकोसी–मरिण डाइभर्सनको सुरुङ मार्ग निर्माण ठप्प
सेवासुविधा माग गर्दै मजदुर आन्दोलनमा उत्रिएपछि राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण छ दिनदेखि ठप्प रहेको छ । जिल्लाले तय गरेको दरअनुसारको ज्याला पाउनुपर्नेलगायतका १२ सूत्रीय माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएका मजदुर बुधबारसम्म काममा फर्किएका छैनन् । मागप्रति ठेकेदार चिनियाँ कम्पनी कोभेक सकारात्मक नभएकाले काममा कहिले फर्किने भन्ने निश्चित नभएको मज्दुरले बताएका छन् । सङ्घर्ष समितिका संयोजक सुब्बासिङ घिसिङले भन्नुभयो, “एक–दुई पटक चिनियाँ कम्पनीसँग पनि छलफलमा बस्यौँ तर हाम्रा माग सुन्नुको साटो उल्टै उनीहरूको गुनासो सुनेर आयौँ ।”
बचत र ऋणमा ब्याज बढ्ने
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिका नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने गरी एकीकृत निर्देशन २०७८ संशोधन तथा परिमार्जन गरेको छ । बुधबार गरिएको निर्देशनको संशोधन तथा परिमार्जनबाट बैङ्क तथा वित्तीय संस्थाको बचत प्राप्ति तथा ऋण प्रवाहमा थप नियमन गर्न खोजिएको छ । साउन ६ गते जारी गरिएको चालू आर्थिक वर्षको मौद्रिक नीतिअनुसार गरिएको नयाँ व्यवस्थाले कर्जा तथा बचत दुवैमा ब्याज बढाउने भएको छ । जारी संशोधित व्यवस्थाअनुसार अब ब्याजदर कोरिडोरको माथिल्लो सीमाका रूपमा रहेको स्थायी तरलता सुविधा दर ७ प्रतिशतबाट ८.५ पु-याइएको छ । तल्लो सीमाका रूपमा रहेको निक्षेप सङ्कलनको ४ प्रतिशतबाट ५.५ र रिपो ब्याजदरलाई ७ प्रतिशत पु-याइएको छ ।
इन्धनको मूल्य घट्दैन : आयल निगम
काठमाडौं,साउन १८ गते। नेपाल आयल निगमले अहिलेकै इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। निगमले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारेको हो। निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख छ। निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ।‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपियाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था छ,’ विज्ञप्तीमा भनिएको छ। लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ। महंगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ।
इन्धनको मूल्य घट्दैन : आयल निगम
काठमाडौं,साउन १८ गते। नेपाल आयल निगमले अहिलेकै इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। निगमले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारेको हो। निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख छ। निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ।‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपियाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था छ,’ विज्ञप्तीमा भनिएको छ। लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ। महंगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ।