तिहार बिदामा पेट्रोल पम्प खुला रहने
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तिहार र छठमा पम्प खुला गरिने निगमले जनाएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा पनि डिपो खुला राख्न निर्देशन दिइएको निगमले जानकारी दिएको छ । तिहार र छठमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्प खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो ।
अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज
करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।
उत्पादन घट्ने अनुमान
चितवन जिल्लामा यस वर्ष धान उत्पादन पाँचदेखि सात प्रतिशत घट्ने पूर्वानुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष ५ देखि सात ७ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान छ ।
त्रासमा धान भित्र्याउँदै किसान
गत वर्ष दाङको लमही नगरपालिका–६, देउपुरका विष्णु पौडेलको काटेर खेतमा सुकाएको धान वर्षाले भिजेपछि खेतमै उम्रने अवस्थामा पुगेको थियो । गत साल जस्तै नहोस् भनेर उहाँले यसपालि हरियोमै धान काट्नुभयो र राम्रोसँग सुक्न नपाउँदै उठाएर जम्मा गरिसक्नुभयो ।
तिहारको किनमेल बढ्यो, मूल्य वृद्धिले उपभोक्ता मर्कामा
तिहारको महत्त्वपूर्ण दिन भाइटीका आउन छ दिन बाँकी रहँदा राजधानीको बजारमा चहलपहल ह्वात्तै बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडक, बानेश्वर, ललितपुरको लगनखेल, मङ्गलबजार, जावलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल ह्वात्तै बढेको हो ।
नेपाली परिकार विश्वभर पु-याउन सकिने
‘बीबीसी मास्टर सेफ दी प्रोफेसनल्स’का विजेता सन्तोष साहले नेपाली परिकारलाई विश्वभर चिनाउन सम्भव रहेको बताउनुभएको छ । साहले भन्नुभयो, “नेपाली खानाको ब्रान्डिङ गर्न सक्ने सम्भावना धेरै ठूलो छ । खाडी देशदेखि बेलायत, अस्ट्रेलिया र अमेरिकासम्म नै नेपाली खाना पु¥याउन सकिन्छ । यस विषयमा म अध्ययन र सम्भावनाको खोजीमा लागेको छु ।” मास्टर सेफ साह विश्वभरिका खानाका पारखीमाझ परिचित हुनुहुन्छ । आफूले स्थापित गरेको पहिचान सदुपयोग गर्दै नेपाली मौलिक खानाको प्रवद्र्धनमा जुट्ने उहाँले बताउनुभयो ।
प्लास्टिकका फूलमाला प्रतिबन्ध
सरकारले प्लास्टिकजन्य फूलमाला प्रयोग र खरिद बिक्री नगर्न सचेत गरएको छ । वातावरण विभागले बिहीबार सूचना सार्वजनिक गर्दै प्लास्टिकजन्य फूलमालाको प्रयोग वा बिक्री वितरण गरेमा एक लाख रुपियाँसम्म जरिवाना हुने जनाएको हो । प्लास्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लास्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न विभागले सचेत गराएको हो ।
रकम फिर्ता गर्न निर्देशन
वैदेशिक रोजगार विभागले द रिभर ओभरसिज कम्पनीलाई मलेसिया जाने युवाबाट उठाइएको बढी रकम फिर्ता गर्न निर्देशन दिएको छ । मौखिक उजुरीका आधारमा वैदेशिक रोजगार विभागले मङ्गलबार अनुुगमन गर्दा रोजगारीका लागि मलेसिया जाने १९ युवाबाट प्रतिव्यक्ति दुुई लाख ३० हजार रुपियाँका दरले पैसा लिएको पाइएको जनाइएको छ । ती युवा बुधबार मलेसिया प्रस्थान गरेका छन् ।
ब्याजदर एकल अङ्कमा झार्न माग
कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई बैङ्क तथा वित्तीय संस्थाले ब्याज बढाएर व्यवसायलाई धरापमा पारेको आरोप पोखराका पर्यटन व्यवसायीले लगाएका छन् । होटल सङ्घ पोखराले बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदर एक अङ्कमा झार्ने पहल नगरेमा नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
साढे दुई अर्बको भाइमसला आयात
तिहारमा आवश्यक पर्ने भाइमसलाको आयात साढे दुई अर्ब रुपियाँको हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/८९ मा दुई अर्ब ५५ करोड ८३ लाख ३९ हजार रुपियाँको तिहारलाई लक्षित सामान आयात भएको हो । तिहारमा बढी खपत हुने नरिवल, काजु, सुकमेल, ल्वाङ, छोकडा, पेस्ता, किसमिस, बदाम, ओखर, मिस्रीलगायतका अन्य सामान आयात हुने गरेको छ ।
सयपत्री मालाको आयातमा रोक
सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूलका मालाको आयातमा रोक लगाएको हो । केन्द्रले माला आयातका लागि अनुमति दिन बन्द गरेको छ ।
विदेशी मुद्रा सञ्चिति दबाबमै
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विपे्रषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।
झिनियाँ रोटी उत्पादनबाट लाखौं आम्दानी
गुल्मीमा लाखौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदैआएको छ । यस जिल्लाको पुरानो व्यापारिक केन्द्रका रुपमा परिचित मुसिकोट नगरपालिकाको वामीटक्सारमा वार्षिक झण्डै ५० लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन हुँदैआएको हो ।
घट्यो सुनको मूल्य : चाँदीको स्थिर
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु छ सयले घटेर रु ९२ हजार पाँच सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको थियो ।
एनएचपीसीलाई पश्चिम सेतीको सर्वेक्षण अनुमति
पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माणका लागि अध्ययन गर्न भारतीय सरकारी कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी)ले सर्वेक्षण अनुमतिपत्र पाएको छ । लगानी बोर्डले बिहीबार सर्वेक्षण अनुमतिपत्र प्रदान गरेको हो । ७५० मेगावाट क्षमताको जलाशययुक्त सो आयोजना निर्माणका लागि लगानी बोर्डको ५२औँ बैठकले सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेसँगै बोर्डले आवश्यक प्रक्रिया पूरा गरी आयोजना अध्ययनको अनुमति दिएको हो । अनुमतिपत्रअनुसार एनएचपीसीले अबको तीन महिनाभित्र प्रारम्भिक प्रतिवेदन र त्यसको २१ महिनामा विस्तृत आयोजना प्रतिवेदन पेस गर्नु पर्नेछ ।
ब्याज घटाउन व्यवसायीको आग्रह
पूर्वका उद्योगीले बैङ्कको ब्याजदरले व्यवसाय गर्नै नसक्ने अवस्था आएकाले उचित पहल गर्न नेपाल उद्योग वाणिज्य महासङ्घसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको बैङ्क ब्याज वृद्धिसम्बन्धी अन्तक्र्रियामा सहभागी पूर्वका जिल्ला नगरका सङ्घ पदाधिकारीले महासङ्घको मौनताप्रति गुनासो व्यक्त गरेका छन् ।
नब्बे लाखको चिनी बरामद
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिक रूपमा चिनी भित्रिने गरेको गुनासो बढेका बेला सशस्त्र प्रहरीले बुधबार रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट ९० लाख रुपियाँको अवैध चिनी बरामद गरेको हो ।
निर्यात वार्षिक अठार खर्ब पुर्याउने लक्ष्य
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा वस्तु तथा सेवाको निर्यात २० प्रतिशत पु¥याउने गरी नेपाल व्यापार एकीकृत रणनीतिको मस्यौदा २०२२ तयार गरिएको छ । सरोकारवालासँग छलफल तथा सुझावका लागि सार्वजनिक गरिएको मस्यौदामा रणनीति कार्यान्वयनमार्फत हालको ६.६१ प्रतिशतको अनुपातलाई २० प्रतिशत पु-याउने लक्ष्य राखिएको हो ।
फड्के कीराको हैरानीले किसान चिन्तित
रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गर्नुभएका उहाँ खेतभरि झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित हुनुुहुन्छ ।
बालुवामा धान खोज्दै किसान
पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बालुवामा धान खोज्न व्यस्त छन् । एक साता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले अन्नबालीमा नोक्सानी पुर्याएको छ ।
जोखिममा कृषि
प्राङ्गारिक कृषि अभियन्ताले खाद्य प्रणालीको पुनर्जीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताउनुभएको छ । ४२औँ विश्व खाद्य दिवसका अवसरमा खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह, अनाजलगायतका विभिन्न सङ्घसंस्थाले संयुक्त रूपमा बुधबार आयोजना गरेको ‘जैविक खेती : खाद्य प्रणालीको पुनर्जीवन’ विषक अन्तक्र्रियामा उहाँहरूले यस्तो बताउनुभएको हो । विषादी कृषि प्रणालीले जनस्वास्थ्यका साथै माटो, पानीलगायत पर्यावरणमा प्रतिकूल असर पारेको र उत्पादन पनि बढाउन नसकेको उहाँहरूले बताउनुभयो ।
रोजगारी सिर्जना गर्ने दलको प्रतिबद्धता चुनावी नारामै सीमित
ठूला राजनीतिक दलहरूले देशभित्रै सबै रोजगारी सिर्जना गरी स्वदेशको रोजगारीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि त्यसअनुसारको काम भने हुन सकेन । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र बेरोजगारको सङ्ख्या घटाउने दलहरूको प्रतिबद्धता भए पनि पाँच वर्षमा बेरोजगारको सङ्ख्या दोब्बर भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
फूल टिप्न र माला बनाउन भ्याइनभ्याइ
भाइटीकामा प्रयोग हुने फूल टिप्न र माला बनाउन पाल्पाका फूलखेती गर्ने किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिहार नजिकिएसँगै मखमली, सयपत्री, गुर्धौली (गुर्दाैली, गोदावरी) जस्ता फूल टिप्न र माला बनाउन पाल्पाका किसान व्यस्त बनेका हुन् । तीन महिनाअघि पाल्पाका किसानले लगाएको फूल ढकमक्क फुलेको छ । त्यसैले किसान माला बनाउन र प्याकेजिङ गर्न व्यस्त छन् । तिहार नजिकिएपछि भाइटीकाका लागि आवश्यक पर्ने फूलका माला बनाउन आफू व्यस्त बनेको तानसेन–१०, तेल्घाका किसान विष्णुमाया खत्रीले बताउनुभयो । दस रोपनीमा लगाएको मखमलीका फूल टिप्न र माला बनाउन यतिबेला आफू व्यस्त रहेको खत्रीले बताउनुभयो ।
व्यवसाय विकासमा क्रेडिट रेटिङ महत्त्वपूर्ण
सूचीकृत कम्पनीहरूको सुधारका साथै व्यवसाय विकासका लागि क्रेडिट रेटिङको भूमिका अब्बल रहेको भन्दै सरोकारवलाहरूले यसको आवश्यकता औँल्याएका छन् । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अन्तिम दिन मङ्गलबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका सिनियर एनालिस्ट ग्रीष्मा ढुङ्गानाले कम्पनीको वित्तीय अवस्थामा सुधार ल्याउन क्रेडिट रेटिङ आवश्यक भएको बताउनुभयो ।