• १९ असोज २०८१, शनिबार

सुनको कोटा बढाउन माग

blog

काठमाडौँ, कात्तिक २२ गते । सुनचाँदी व्यवसायीले बजार मागअनुसार सुनको आपूर्ति नहुँदा बजारमा अभाव भएकाले कोटा बढाउन माग गरेका छन्। विदेशी विनिमय सञ्चितिमा परेको चापलाई देखाउँदै नेपाल राष्ट्र बैङ्कले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव देखिएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सो माग गरेको जनाएको छ। 

नेपाल राष्ट्र बैङ्कले दैनिक २० केजी आयात गर्न पाउने सुनको कोटा घटाएर गत वैशाखदेखि १० केजीमा झारेको थियो। महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बजारको आवश्यकताअनुसार कच्चा सुन आपूर्ति हुन नसक्दा व्यवसायीलाई मर्का परेको बताउनुभयो। 

सोमबार रुपन्देही सुनचाँदी व्यवसायी सङ्घको प्रतिनिधिमण्डलले महासङ्घका आपूर्ति बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ। यसअघि ललितपुर सुनचाँदी व्यवसायी सङ्घले पनि यस्तै पत्र महासङ्घमा बुझाएको थियो। महासङ्घका अनुसार उपत्यका र बाहिरका सुनचाँदी व्यवसायी सङ्घहरूले आपूर्ति बढाउन माग गर्दै ज्ञापनपत्र बुझाउन थालेका छन्।