• १९ असोज २०८१, शनिबार

आठ अर्ब लगानी प्रतिबद्धता

blog

काठमाडौँ, कात्तिक २३ गते । हाइड्रो भिलेज प्रालिले गण्डकी प्रदेशको म्याग्दी जिल्लामा निर्माण सुरु गरेको ५७.३ मेगावाटको जलविद्युत् आयोजनामा पाँचवटा बैङ्कले करिब आठ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनी र बैङ्कबीच २०७९ कात्तिक २१ गते सोमबार लगानीसम्बन्धी सम्झौता भएको छ ।

आयोजनाले ६२६.५० मि. हेड र म्याग्दी खोलाको १२.५० घन मि. प्रतिसेकेन्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत् उत्पादन गर्ने जनाएको छ । कूल १० अर्ब ७४ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैङ्कको अगुवाइमा मेगा बैङ्क, कृषि विकास बैङ्क, कर्मचारी सञ्चय कोष र नेपाल एसबीआई बैङ्कले लगानी गर्ने जनाएका छन् ।आयोजनामा वित्तीय संस्थाबाट ७५ प्रतिशत स्वपुँजी २५ प्रतिशत (दुई अर्ब ६८ करोड ६० रुपियाँ) लगानी हुने जनाइएको छ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ । यसैगरी प्रत्यक्ष वैदेशिक लगानीको रूपमा मलेसियन कम्पनी एक्वा भेन्चरको तथा स्वदेशी लगानीका रूपमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभेलपमेन्ट कम्पनी र ऊर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेलसमेतको स्वपुँजी लगानी हुने कम्पनीले जनाएको छ ।