अछामका उम्मेदवार मत माग्न सर्वसाधारणका घरखेतमै पुग्न थालेका छन् । घरखेतको काममा व्यस्त रहेका व्यक्तिसम्मै पुगेर विकासे योजना सुनाएर मत मागिरहेका छन् । उम्मेदवारले रोजगारी, सडक, पुलपुलेसा, खानेपानी, गुणस्तरीय शिक्षाको मुद्दा लिएर मत माग्न थालेका हुन् । घरदैलो भेटघाटको योजना बनाएर बारीको धान, कोदो भिœयाउने र खेतगह्रा खनजोतमा रहेका कृषकमा पुगेर मत माग्न थालेका हुन् ।
सम्झौताको तीन वर्ष बित्न लाग्दा पनि कैलालीको गोदावरी नगरपालिका–९, सेहरीको झोलुङ्गे पुल सम्पन्न हुनसकेको छैन । वडाको राजीफाँटा र बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न निर्माण थालिएको उक्त पुलको हालसम्म पिलर निर्माणबाहेक अरू काम हुनसकेको छैन ।
दैलेखको गुराँस गाउँपालिकामा मोबाइल फोनको नेटवर्कसम्म भरपर्दो छैन । दूरीका हिसाबले प्रदेश राजधानीसँगै जोडिएको नजिकको पालिका हो । त्यस क्षेत्रमा नेपाल टेलिकमको टावरले राम्रो काम गर्दैन । सञ्चार सम्पर्कका लागि नेटवर्क खोज्दै अग्ला डाँडा खोज्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारले चुनावी प्रचारप्रसार सुरु गरिसकेका छन्। चुनावी गतिविधि बढिरहँदा दाङ जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ चर्चामा रहने गरेको छ।
अव्यवस्थित रूपमा बसोबास गर्दै आइरहेका मुसहर समुदायले आफ्नो मागबमोजिम व्यस्थित बस्ती बनाइदिने प्रतिबद्धता गर्ने उम्मेदवारलाई मत दिने बताएका छन्। जमिन र घर निर्माण गरी दिने दलका उम्मेदवारलाई मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको लागि मत दिइने मुसहर समुदायका अगुवाले बताएका छन्। पुस्तौँदेखि लहान–१ र २ का मुसहर समुदाय नदीको किनार र सडकको पेटीको ऐलानी जग्गा बसोबास गर्दै आएका छन्।
रौतहटको पुरानो तथा ठूला बजारमध्येको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर हाटबजार अतिक्रमणको चपेटामा परेर साँघुरिदै गएको छ। अतिक्रमणको कारण झन्डै डेढ बिघा (२९ कट्ठा) क्षेत्रफल रहेको सरकारी जमिनमा लाग्दै आएको हाटबजार साँघुरिएर अहिले १४ कट्ठा क्षेत्रफलमा सीमित हुनपुगेको छ।
स्याङ्जाको क्षेत्र नं. २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेबाट सचिव पद्माकुमारी अर्यालबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत साना दल तथा स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट उपसभापति बन्नुभएका गुरुङका लागि संसदीय निर्वाचनको प्रतिस्पर्धा भने पहिलो हो। २०६४ र २०७० सालको संविधान सभामा गुरुङ समानुपातिकबाट संविधान सभा सदस्य बन्नुभएको थियो। कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठ समानुपातिकको बन्द सूचीमा बसेपछि धनराजलाई टिकट पाउन धेरै मेहनत गर्नु परेन।
नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न लाग्दा लक्ष्मण प्रजापति भने आफ्नो चक्कालाई छोड्ने तरखरमा हुनुहुन्न। उहाँ अझै प्रत्येक दिनमा समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउनमा व्यस्त हुनुहुन्छ।
अब सहकारी सङ्घ/संस्था तथा निजी क्षेत्रबाट सञ्चालित विभिन्न निकायले आफूखुसी सहकारीका तालिम तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न नपाउने भएका छन् । नियामक निकाय सहकारी विभागले सहकारीको शैक्षिक क्रियाकलापको प्रमाणीकरण कार्यविधि, २०७९ जारी गर्दै दुई दिनको प्रारम्भिक सहकारी शिक्षाबाहेकका तालिम तथा शैक्षिक क्रियाकलापका लागि पाठ्यक्रम अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।
नेपालीको दोस्रो महान् चाड तिहार हाम्रा घरआँगनमा भित्रिइसकेको छ। तिहारका पाँच दिनलाई प्रकृति र मानवबीचको अन्तरसम्बन्ध उजागर गर्ने पर्वका रूपमा पनि लिइन्छ। धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना यो पर्वको खास विशेषता हो। दिदी–भाइको अटुट प्रेमको चाडका रूपमा यसको नेपाली समाजमा निकै महत्वपूर्ण स्थान छ। मानव जीवन उपयोगी पशुपन्छी काग, कुकुर, गाई, गोरुका साथै प्रकृत्तिप्रदत्त गोवद्र्धन पर्वत (डाँडाकाँ
संविधान जारी भएपछिको सङ्घीय संसद्को चुनाव दोस्रो पटक हुन गइरहेको छ। कम्तीमा पनि चार÷पाँच पटक चुनाव नभएसम्म यो संविधानले उद्देश्यबमोजिमको सही दिशा लिन सक्दैन। संसारमा लोकतान्त्रिक पद्धति भएका मुलुकमा संविधान जारी भएपछि केही वर्ष त संविधानका बारेमा नै अन्योलजस्तो भई व्याख्या र संशोधनको आवश्यकता परेको देखिन्छ। चाहे त्यो अमेरिकी संविधान होस् वा भारतीय संविधान नै
शारदा नगरपालिका श्रीनगरका पुष्प व्यवसायीहरू हिजोआज फूल टिप्न र माला उन्नमा व्यस्त छन् । तिहार लागेसँगै बगैँचामा रहेको फूल विक्री गर्न यहाँका किसानहरू व्यस्त छन् ।
आउँदो मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन गइरहेको छ। सबै राजनीतिक दलले उम्मेदवारी घोषणा गरी चुनावी अभियान तीव्र बनाएका छन्। नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले आपसी सहमतिबाट १६५ वटै सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश सभामा आ–आफ्ना उम्मेदवार चयन गरिसकेका छन्।
विश्व बजारमा नै ब्याजदर बढेको हुँदा नेपालमा पनि वाणिज्य बैङ्कले ब्याजदर बढाएका छन् र बढाउनु हुन्छ हुंँदैन भन्ने विषयमा बहस प्रारम्भ भएको छ। नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएको परिवर्तनलाई दृष्टिगत गरी बैङ्क ब्याजदर बढ्ने सङ्केत गरेको थियो। सोही आधारमा अहिले बैङ्कले ब्याजदर बढाएका छन् र निक्षेपमा क्रमिक रूपले वृद्धि पनि भएको देखिन्छ।
स्थानीय तहको निर्वाचन सम्पन्न गरी मुलुक यतिबेला प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको छ। स्थानीय तहको वडामा दुई महिलामध्ये एक जना दलित महिला हुनुपर्ने व्यवस्थाअनुसार छ हजार ६२० जना दलित महिला निर्वाचित भएका छन्। ११ जना दलित महिला नगरपालिका/गाउँपालिका उपप्रमुखमा निर्वाचित भएका छन्। हरेक वडामा दलित महिलाको प्रति