नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुग्नु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिबार दिउँसो दुई किशोरी बेपत्ता भएको जानकारी दिनुभएको हो ।
टी–२० विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा साविक विजेता अष्ट्रेलिया न्युजिल्यान्डसँग पराजित भएको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार दिउँसो भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले हरायो ।
जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाइएको छ । शनिबार काठमाडौं महानगरको अनगुमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो ।
नेपाल पत्रकार महासङ्घ चितवनले गोरखापत्रकर्मी वसन्त पराजुली र शान्ता अधिकारीलाई सम्मान गरेको छ । महासंघको २० औं बार्षिक साधरणसभाको अवसरमा आयोजित कार्यक्रममा पराजुली र अधिकारीलाई सम्मान गरेको हो ।
नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ ।
विराटनगरमा आज (शनिबार) आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पार्नुभयो ।
शुभकार्य फूलबाट नै सुरु हुन्छ । फूल आफैमा सुन्दर वस्तु हो । सौन्दर्यको प्रतीक फूल मन नपराउने मान्छे कमै हुन्छन् होला ? फूल देख्दा मात्र होइन, पुष्प व्यवसायलाई पनि सम्मानित पेसाको रूपमा हेरिन्छ ।
तिहार, नेपाल संवत् तथा छठ पर्वका लागि मानिसहरु शहरबाट गाउँको घर र बजारबाट गाउँ झर्न थालेपछि मङ्सिर–४ मा हुन गइरहेको निर्वाचनमा होमिएका उम्मेदवारलाई घरदैलोमा मतदाता भेट्न समस्या भएको छ ।
उज्यालो पर्व तिहारमा बत्ती बाल्न आवश्यक पर्ने माटोको पाला बनाउन दाङको गढवा गाउँपालिका –१ पत्रिगाँ निवासी ६८ बर्षीय गाजुराम थारु कुमाललाई हिजोआज भ्याइनभ्याई छ । तिहारका लागि माटोको पालाको माग बढेपछि गाजुरामसँगै छोरा ताराबहादुर थारु कुमाल र नाति बिनायक थारु कुमालले माटोको पाला बनाउन सघाइरहनुभएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका क्षेत्रमा चितुवा आक्रमण नरोकिएपछि स्थानीय बान्सिदा आतङ्कित भएका छन् ।
जापानी प्रधानमन्त्री फुमियो किशिदा र उहाँका अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानीजले एशिया-प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच दुई राष्ट्रहरू बीच व्यावहारिक रक्षा सहयोग बढाउन सहमत हुनु भएको छ ।
फगान सेनाले राजधानी काबुलमा प्रतिद्वन्द्वी आइएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनका सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरी छ जना लडाकूलाई मारेको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार बताएका छन् ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ्ग सेतो रहेको छ ।समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ ।
युभेन्ट्सले इटालियन सिरि ‘ए’ फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४–० गोलले हरायो ।