बाहिर चिटिक्क सिँगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् ।
स्टार स्ट्राइकरद्वय केलियन एमबाप्पे र लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानका सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एसी अजासियोलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
रोयल किङ, पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायरमा क्लासिक इलेभेन हसहन्दलाई ६८ रनले पराजित गर्दै रोयल किङले फाइनलको यात्रा तय गरेको हो ।
विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तीज लागेसँगै दशैं, तिहार र मङ्सिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो ।
गुल्मीमा गाई काट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिक वडा नम्बर २ मा गाई काट्दै गरेका २२ वर्षीय रमेश बिक, २८ वर्षीय महलाल बिक, ६१ वर्षीय टोपबहादुर रसाइली र ३५ वर्षीया तारा बिकलाई शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ बाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरुष’बाट डेब्यु गर्दै हुनुहुन्छ, अरुण क्षेत्री र अञ्जना बराइली। चलचित्रमा अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गर्नुभएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल क्रमशः तात्न थालेको छ। यस पटक निर्वाचन आयोगको कडा आचारसंहिताका कारण अहिलेसम्म निर्वाचन क्षेत्रहरूमा आमसभा, कोणसभा, चुनावी -याली, माइकिङजस्ता कार्यक्रम गरिएका छैनन्। राजनीतिक दल तथा उम्मेदवार आफ्नो क्षेत्रका वडा र टोलमा चुनावी प्रचार कार्यालय, रणनीतिक बैठक, घोषणापत्र तयारीका साथै मतदाता घरदैलो कार्यक्रममा जुटेका छन्। कैलाली र कञ्चनपुरमा किसान धान भिœयाउने चटारोमा छन्। किसान बाली भिœयाउन व्यस्त रहेका कारण पनि अहिले गाउँटोलमा चुनावी प्रचारप्रसारले व्यापक गति लिन सकेको देखिँदैन।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवार बढी छन्। मधेश प्रदेशका आठ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि एक हजार ५९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिँदा करिब ५२ प्रतिशत अर्थात् ८४९ उम्मेदवार स्वतन्त्र नै छन्। आठवटै जिल्लामा चार/चारवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र गरी ३२ वटा र प्रदेश सभातर्फ आठ/आठवटा निर्वाचन क्षेत्र गरी ६४ वटा निर्वाचन क्षेत्र छन्।
रुपन्देहीको निर्वाचन क्षेत्र नंं. ५ अहिले चर्चाको केन्द्रमा छ । उम्मेदवारी दिने क्रममा नेकपा (एमाले)को असावधानीका कारण राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले पद मात्रै गुमाउनु भएन उम्मेदवार पनि बन्न पाउनु भएन ।
सत्ता गठबन्धनको प्रमुख र सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रदेश सभा र प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ दलितलाई टिकट नदिएपछि दलित समुदायले विरोध गरिरहेका छन्। प्रतिनिधि सभामा गठबन्धनबाट ९१ सिट पाएको कांग्रेसले दलितलाई प्रत्यक्षमा उम्मेदवार दिएन। प्रदेश सभामा पनि दलितले कांग्रेसबाट प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएनन्।
वर्षापछिको भीषण पहिरोले कर्णाली राजमार्गमा खसेका ठूलाठूला ढुङ्गा फुटाउन ‘ब्लास्टिङ’ (विस्फोट) सुरु गरिएको छ । कर्णाली राजमार्गको नाग्मदेखि राँचुली खण्डमा दुई दिनअघिदेखि नेपाली सेना र डिभिजन सडक कार्यालयको समन्वयमा सडकमा खसेका ठूला ढुङ्गा ‘ब्लास्टिङ’ गरिएकोे हो ।
सुदूरपश्चिम प्रदेशका एक हजार १६१ मतदान स्थलमध्ये ४०५ मतदान स्थल भौगोलिक तथा सुरक्षाका हिसाबले सामान्य अवस्थामा छन् । सुदूरपश्चिमका ३५२ मतदान स्थल अति संवेदनशील र ४०४ संवेदनशील छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भौगोलिक अवस्था, सुरक्षा चुनौतीलगायतका आधारमा सुरक्षा निकायले मतदान स्थललाई वर्गीकरण गरेको छ । ३२ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ७१० अति संवेदनशील, ७७८ संवेदनशील र ६५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका ३ सिउटीमा सशस्त्र प्रहरीको मिनिट्रक वानटेन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । शुक्रवार साँझ कपिलवस्तुको शिवराज नगरपालिका विसुनपुरमा निर्वाचन सुरक्षा बेस स्थापनाका लागि सुरक्षाकर्मी पुराएर फर्किएको भ्यान साइकललाई ठक्कर दिँदै दुर्घटना भएको थियो ।