• १६ भदौ २०८१, आइतबार

‘महापुरुष’बाट डेब्यु गर्दै अरुण र अञ्जना

blog

काठमाडौँ, कात्तिक ५ गते । भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ बाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरुष’बाट डेब्यु गर्दै हुनुहुन्छ, अरुण क्षेत्री र अञ्जना बराइली। चलचित्रमा अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गर्नुभएको छ। 

अरुण जापानबाट अभिनयमा आफ्नो भविष्य देखेर नेपाल फर्किनुभएको हो भने मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना पनि अडिसनमार्फत छानिनुभएको हो। सामाजिक विषयवस्तुमा आधारित चलचित्रमा गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङलगायतको अभिनय छ। षट्कोण आर्टस् प्रालिको ब्यानरमा निर्मित चलचित्रमा प्रदीप भट्टराईको निर्देशन रहेको छ।