तिहारका अवसरमा पोखरामा मात्रै दुई करोड ५० लाख रुपियाँको फूल तथा माला बिक्री हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसियसन, कास्कीका अनुसार यो पटक तिहारलाई लक्षित गरेर दुई लाख फूलका बेर्ना रोपिएको छ ।
सुदूरपश्चिममा दलित समुदायबाट मुस्किलले प्रत्यक्षमा उम्मेदवार हुने प्रचलन रहेकोमा यस पटक भने दुई जना नेताहरू प्रदेश सभातर्फ बाजुरा र बझाङबाट चुनावी मैदानमा हुनुहुन्छ ।
फूल खेती र व्यवसायप्रति आकर्षण बढ्दो छ । अरू खेतीभन्दा सजिलो र आम्दानी पनि बढी हुने भएकाले किसान फूल खेतीप्रति आकर्षित भएका छन् । घोडाघोडी नगरपालिका–३, जुरपानीका निर्मला भण्डारी चौधरीले पुष्प व्यवसाय सुरु गरेको दुई वर्ष मात्र भयो ।
ताप्लेजुङमा प्रहरीले करिब दुई किलोग्राम अर्थात् १६३ तोला सुनको गरगहना फेला परेको छ। तीन साताअघि सदरमुकाम फुङ्लिङको आईएमई व्यवसाय कञ्चन मनी ट्रान्सफरबाट लुटिएको उक्त सुनको गरगहना प्रहरीले फेला पारेको हो।
जाजरकोटको छेडागाड नगरपालिका ३ मा रहेको इलाका प्रहरी कार्यालयलाई ४ रोपनी जग्गा हस्तान्तरण गरिएको छ ।
चाडपर्वमा सुनचाँदीको माग निकै धेरै हुन्छ, त्यसमा पनि तिहारमा बढी हुने गर्छ । तिहारमा लक्ष्मी पूजाअघिका तीन/चार दिनमा सुनचाँदीका गरगहना र सामानको माग उच्च हुने व्यवसायीले बताएका छन् । यस वर्ष सोमबार लक्ष्मीपूजा गरिँदै छ । सुनचाँदी र तामा समान किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलनअनुसार अहिले यी समानका पसलमा भीड लाग्ने गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उहाँले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाउनुभएको हो ।
एम्नेस्टी इन्टरनेसनलले दुव्र्यवहारमा परेका आप्रवासी श्रमिकको क्षतिपूर्तिका लागि कोष स्थापना गर्न कतार सरकार र फिफालाई आह्वान गरेको छ । विश्वकप प्रतियोगिता सुरु हुन एक महिना बाँकी रहे पनि कतारमा रङ्गशाला बनाउने काममा खटिएका आप्रवासी श्रमिकमाथि भएको शोषण र दुव्र्यवहार कायमै रहेको भन्दै एम्नेस्टीले दुव्र्यवहारमा परेका श्रमिकको क्षतिपूर्तिका लागि कोषको स्थापना गर्न कतार सरकार र फिफालाई आह्वान गरेको हो ।
तिहार, म्हपूजा तथा छठका अवसरमा नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । अफरहरू कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
जनसङ्ख्याको मातृ वंशबारे भएको एक अध्ययनले नेपालको मातृत्व डीएनए दक्षिण र पूर्वी एसियाली जनसङ्ख्याको मिश्रण भएको देखाएको छ । इतिहास, पुरातात्त्विक र आनुवंशिक जानकारी प्रयोग गरी गरिएको यस अध्ययनले नेपालका तिब्बत–बर्मेली समुदायको जनसाङ्ख्यिक इतिहास बुझ्न थप मद्दत गर्ने अनुसन्धानकर्ताको दाबी छ ।
डोरी टाँग्ने काम सकेसँगै आरोहण सुरु भएको मनासलुमा यस वर्ष सबैभन्दा बढी आकर्षण देखिएको छ । मनासलुमा गत भदौ ३० गते डोरी टाँगिएको थियो । पर्यटन विभागका अनुसार यो सिजनमा मनासलु आरोेहणका लागि ३८ समूहका ४०४ जनाले आरोहण अनुमति लिएका थिए । मनासलु आरोहणका लागि अनुमति लिनेमा ९७ महिला र ३०७ जना पुरुष छन् ।
नेपालमा नगदरहित कारोबार तीव्र रूपले विस्तार भइरहेको छ । सजिलो इन्टरनेट पहुँच र बढ्दो विद्युतीय साक्षरता तथा नेपाल राष्ट्र बैङ्कलगायत विभिन्न वित्तीय संस्थाकै प्रवद्र्धनात्मक कार्यक्रमका कारण पछिल्लो समय भुक्तानीमा मोबाइल बैङ्किङ, कनेक्ट आईपीएस, वालेट तथा क्यूआर कोडजस्ता विभिन्न विधि प्रयोग बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तिहार र छठमा पम्प खुला गरिने निगमले जनाएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा पनि डिपो खुला राख्न निर्देशन दिइएको निगमले जानकारी दिएको छ । तिहार र छठमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्प खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो ।
करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आइतबारदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यो दिन काग तिहारका रूपमा प्रचलित छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार खान दिएर पूजा गरिन्छ । कुकुरलाई घरको रखवाला एवं इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।