आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन हुँदैछ। निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ। निर्वाचन आफैँमा प्रतिस्पर्धा हो। लोकतान्त्रिक विधिबाट प्रतिनिधि छान्ने आजसम्मको उत्कृष्ट प्रणाली पनि हो निर्वाचन।
चाडपर्व नेपाली सभ्यता र संस्कृतिका गहना हुन्। एकताका प्रतीक हुन्। त्यसक्रममा वि.सं २०७९ को तिहार, नेपाल संवत् र छठजस्ता पर्वको हर्ष, उल्लास तथा उमङ्ग नेपालीको घरआँगनमा आइरहेको छ। बडादशैं सम्पन्न भएसँगै यी महत्वपूर्ण चाडपर्वको स्वागतले यो शरद् ऋतुमा नेपालीहरू जोस, जाँगर बढिरहेको छ। राजनीतिक रूपमा आसन्न मङ्सिर ४ गतेको संसदीय निर्वाचन घरदैलोमा आउँदै गर्दा चाडपर्वले नेपालीमा अझ हौसलाको वातावरण बनेको छ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको सङ्कल्पपत्र’ आज सार्वजनिक गर्नुहुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले राष्ट्रिय एकता थप सुदृढ बनाउन मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।
तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।
घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले गोरखापत्रका रूपन्देही समाचारदाता कपिल ज्ञवालीसहित जिल्लामा क्रियाशील नौ पत्रकारलाई पुरस्कृत गरेको छ ।
नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक विकल्प नभएको बताउनु भएको छ।
सल्यानमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । दाङ तुलसीपुरबाट रोल्पाको सिमपानी जाँदैगरेको लु १ ज १४२४ नम्बरको सफारी जिप सल्यान कपुरकोट गाउँपालिका १ सारपानी खोरबारेमा दिउँसो दुर्घटना भएको हो ।
राष्ट्रिपति विद्यादेवी भण्डारीले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रको कार्यभार बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्मालाई तोक्नुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं उपत्यका बाहिर रहनुभएकाले सो कार्यक्रम भोलिका लागि सरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ । मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई चार विकेटले हरायो ।