• १३ साउन २०८१, आइतबार

मधेश प्रदेश प्रमुख मिश्रको कार्यभार बागमती प्रदेश प्रमुख शर्मालाई

blog

बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्मा

काठमाडौं, कात्तिक ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रको कार्यभार बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्मालाई तोक्नुभएको छ । 

प्रदेश प्रमुख मिश्र कात्तिक ९ देखि ११ गतेसम्म भारतको झारखण्डको भ्रमणमा जाने कार्यक्रम रहेका कारण उहाँको अनुपस्थितिमा मन्त्रिपरिषद्को सिफारिस बमोजिम शर्मालाई कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

आचार्यले आइतबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै यसबारे जानकारी दिनुभएको हो ।