• ११ असोज २०८१, शुक्रबार

‘तिहारले राष्ट्रिय एकता थप सुदृढ बनाउँछ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले राष्ट्रिय एकता थप सुदृढ बनाउन मद्दत पु-याउने विश्‍वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सम्पूर्ण नेपालीबीच तिहार पर्वले आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्नेसमेत विश्वास व्यक्त गर्नुभएको हो ।

विश्‍वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि उहाँले शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

“तिहार पर्वले एकातिर प्रकृति, मानव र प्राणीजगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्दछ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँछ,” सन्देशमा उल्लेख छ ।