• १५ असोज २०८१, मङ्गलबार

टी–२० विश्वकप

भारतको रोमाञ्चक जित

blog

विश्वकप सुपर १२ को खेलमा प्रतिस्पर्धा गर्दै भारत र पाकिस्तानका खेलाडी । तस्बिर : आईसीसी

काठमाडौं, कात्तिक ६ गते । टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ । मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई चार विकेटले हरायो । 

जितका लागि पाकिस्तानले दिएको एक सय ६० रनको मध्यम लक्ष्य पछ्याएको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । भारतका लागि विराट कोहलीले अविजित ८२ रनको योगदान गर्नुभयो ।

हाद्धिक पाण्डेयले ४० र सूर्यकुमार यादवले १५ रन जोड्नुभयो । बलिङमा पाकिस्तानका हरिश रफ र मोहम्मद नवाजले दुई दुई तथा नसिम शाहले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो । पाकिस्तानका लागि शान मक्सुदले अविजित ५२ र इफ्तिहार अहमेदले ५१ रन बनाउनुभयो ।

शाहिन शाह अफ्रिदीले १६ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बलिङमा भारतका अर्शदीप सिंह र हाद्धिक पाण्डेयले तीन तीन विकेट लिनुभयो । भुवनेश्वर कुमार र मोहमेद सामीले एक एक विकेट लिनुभयो । एजेन्सी