पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ को साधुटार घुमघाका लागि आकर्षक र रमणीय गन्तव्यका रुपमा स्थापित भएको छ ।
काठमाडौं, कात्तिक ७ गते। सत्तारुढ दल नेपाली कांग्रेसको आगामी निर्वाचनका लागि गठित खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिमा चार सय ७३ सदस्य मनोनीत हुनुभएको छ।पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गठित उपसमितिमा सदस्य मनोनयन गर्नुभएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।यसअघि कर्माछिरिङ शेर्पाको संयोजकत्वमा कांग्रेसको निर्वाचन खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमिति गठन भएको थियो।
रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तशुल्कमा ल्याएको नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि उद्योग बन्द गर्नु परेको उद्योगीहरूको भनाइ छ ।
काठमाडौं महानगरपालिकाले दमकल सेवा, सरसफाई, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटीकाका दिन सर्वसाधारका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ ।
नेपालकै सबै भन्दा लामो ‘सोलुखुम्बु ट्रेल’ सुरु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ धापबाट सुरु भएको तीन सय १० किलोमिटर लामो १५ दिने ट्रेलमा ३९ जना विदेशी र चार जना नेपाली धावक सहभागी भएका छन् ।
निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्नेछ ।
दाङको गढवा गाउँपालिकाको १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रुपमा माटाको भाँडा बनाउने गर्छन् । गढवा गाउँपालिकाका विभिन्न स्थानमा तिहारका लागि चाहिने माटाका भाँडा तयारी अवस्थामा भए पनि बिक्री नहुँदा भने व्यावसायी निराश छन् ।
ललितपुरमा आयोजित १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक व्यापार मेलामा ८१ लाखको कारोबार भएको छ ।
कामना सेवा फुटसल कपको दोस्रो संस्करण कात्तिक २५ र २६ गते आयोजना हुने भएको छ । कामना सेवा विकास बैंकको आयोजना र खेलपाटीको व्यवस्थापनमा हुने फुटसल प्रतियोगितामा २० वटा बैंक तथा वित्तिय संस्थाको सहभागिता रहने छ ।
अर्थमन्त्री जनार्दन शर्माले जनतालाई सरकारको कमी कमजोरीहरूको आलोचना र खबरदारी गर्ने अधिकार रहेको बताउनुभएको छ । सोमबार रुकुम पश्चिमको चौरजहारीमा तिहारको अवसरमा जनसांस्कृतिक महासङ्घ चौरजहारीले आयोजना गरेको देउसीभैलो प्रदर्शन कार्यक्रममा अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका सचिव डा.रोशन पोखरेलले नेपाल पोलियोमुक्त भए पनि पोलियोको खतराबाट मुक्त भइनसकेको बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्धमा जान नसक्ने बताउनुभएको छ ।
शीर्षटोली आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलमा तुलनात्मक रुपमा कमजोर टोली साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्पटनसँग उसैको मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताउनुभएको छ ।
उपभोत्ता ठगेको आरोपमा एक होटललाई जिल्ला प्रशासन कार्यालय तनहुँले दुई लाख रुपियाँको दरले जारिवाना गरेको छ । जरिवानामा पर्नेम व्यास नगरपालिका– १२ को कल्चर भिलेज रिसोर्ट र भानु नगरपालिका ९ को द ग्रिनपार्क हाइवे रेष्टुरेन्ट रहेको छ ।