• १६ भदौ २०८१, आइतबार

ठगी आरोपमा होटललाई दुई लाख जरिवाना

blog

दुई लाख जरिवाना गरिएको व्यास नगरपालिका–१२ स्थित कल्चर भिलेज रिसाेर्ट । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, कात्तिक ७ गते । उपभोक्ता ठगेको आरोपमा एक होटललाई जिल्ला प्रशासन कार्यालय तनहुँले दुई लाख रुपियाँको दरले जरिवाना गरेको छ । जरिवानामा पर्नेमा व्यास नगरपालिका– १२ को कल्चर भिलेज रिपोर्ट र भानु नगरपालिका ९ को द ग्रिनपार्क हाइवे रेष्टुरेन्ट छ ।

तोकिएको मूल्यभन्दा बढी मूल्यमा सामग्री बिक्री गर्नेगरेको पाइएकाले दुई होटललाई सो रकम जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काजीराम गैरेले जानकारी दिनुभयो । तोकेको मूल्यभन्दा दोब्बर मूल्यमा खाद्यवस्तु विक्री गरेको गुनासो प्रधानमन्त्रीको कार्यालय र हेलो सरकारमा गुनासो पुगेपछि अनुगमन गर्दा ठग्ने गरेको पाइएकाले जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।

‘हामीले खाद्यवस्तु किन्ने क्रममा पनि बढी लिएको पायौँ त्यसपछि जरिवाना गरेका हौँ’ सहायक प्रजिअ गैरेले बताउनुभयो । तनहुँ जिल्लामा होटल अनुगमनका क्रममा नियमविपरीत गर्नेलाई यति ठूलो रकम जरिवाना गरिएको यो पहिलो पटक हो ।