फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जयन्तीका उपलक्ष्यमा साहित्यकार डा.तुलसी भट्टराई तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँहरुले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग भेटवार्ता गर्नुभएको छ।
नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।
आलिताल गाउँपालिका –७ बलौचा, ओबा र खिन्नेभाडी गाउँका ७५ परिवारले दशैँ, तिहार नमनाएको तीन वर्ष भयो । २०७७ कात्तिक महिनामा आएको वर्षाका कारण पहिरो जाँदा विस्थापित भएका ७५ परिवारको अझै अस्थाई टहरामा बास छ । चाडपर्व आउँदा आफूहरुलाई निराश गर्नेगरेको उहाँहरुको भनाइ छ ।
बनगाड कुपिन्डे नगरपालिका ७ मैदुपोखरीमा डुबेर बेपत्ता भएका ४० वर्षीय तिलक कामी मृत फेला पर्नुभएको छ । बेपत्ता भएको तीन घण्टापछि कामी पोखरीमै मृत भेटिएको प्रहरीले जनाएको छ ।
बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ। प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराउनुभएको हो।
फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ।
बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्नुभएको छ।
सल्यानमा एक पुरुष पोखरीमा डुबेर बेपत्ता भएका छन्। बन्गाड कुपिन्डे नगरपालिका–७ मैदु पोखरीमा डुबेर ४० वर्षीय तिलक कामी बेपत्ता हुनुभएको हो।
सप्तरीको क्षेत्र नं. ३ मा एमाले–जसपाका साझा उम्मेदवार ताराकान्त चौधरी र पाँच दलीय गठबन्धनका उम्मेदवार दिनेशकुमारयादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । चौधरी एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको छ भने यादव नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्छ ।
रुकुम पूर्वको महत गाउँमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ। जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा हरेक वर्षको लक्ष्मी पूजाको अवसरमा उक्त प्रतियोगिता सञ्चालन गरिन्छ।
लीलाधर ओलीघोराही, कात्तिक ८ गते । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो पहलमा देशभरका खरका छानो मुक्त अभियान सफल भएको बताउनु भएको छ । उहाँले देशभर खरले छाएको छाना हटाएर टिन लगाउने काम अन्तिम चरणमा पुगेको भन्दै यस्तो बताउनुभएकाे हो । दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनबाट उम्मेदवार समेत रहनुभएका मन्त्री चौधरीले घोराही उपमहानगरपालिका– १ काडाखुट्टीमा भएको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले टिनको छानो लगाउन बाँकी ८ हजार ३ सय घरमा टिन लगाउनका लागि बजेट विनियोजन गरिसकेको बताउनुभयो । मन्त्री चौधरीले आफू संसद् भएर गएपछि खरको छानो हटाउने र भूमिहीनलाई जग्गा दिने कार्यक्रम भएको दाबी गर्नुभएको छ । दस वर्षसम्म बसेको ठाउँ सम्बन्धित भूमिहीनलाई पुर्जा दिने काम अन्तिम चरणमा पुगेको मन्त्री चौधरीको भनाइ थियो ।
कार्तिक कृष्ण औँसीका दिन मंगलबार लाग्ने ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ।